असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
विराटनगर, २०८२ साउन ०५ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी निरीक्षक विजय चौहान र इलाका प्रहरी कार्यालय रानी (सिमा) मोरङमा कार्यरत प्रहरी नायव निरीक्षक सुवास अधिकारीलाई असार “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह...

महोत्तरीमा हत्या आरोपमा एक पक्राउ

महोत्तरीमा हत्या आरोपमा एक पक्राउ
विजयकुमार साह ढल्केबर, साउन ५ गते । महोत्तरीको महोत्तरी गाउँँपालिका–१, पर्साका ३२ वर्षीय विमलेश यादवको हत्या आरोपमा धनुषा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । शनिबार राति जनकपुरको होटल एसपी एण्ड गेष्टहाउसमा छुरा प्रहारी गरी एक तलाबाट खसालेर यादवको हत्या भएको थियो । हत्या गरेको आरोपमा महोत्तरीकै बलवा नगरपालिकाकी २२ वर्षीया युवती जुली झालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहर...

तीन पालिकामै दुई दर्जन पहिरो, उच्च जोखिममा चुरे फेदी

तीन पालिकामै दुई दर्जन पहिरो, उच्च जोखिममा चुरे फेदी
महेन्द्र विष्ट विराटनगर, साउन ५ गते । बर्सातसँगै सुरु हुने बाढीपहिरोका कारण चुरे क्षेत्रको फेदीमा रहेका मानवबस्ती र खेतीयोग्य जमिन जोखिममा पर्ने क्रम बढ्दै गएको छ । उत्तरी मोरङका मिक्लाजुङ र केराबारी गाउँपालिका तथा लेटाङ नगरपालिका अन्तर्गत चुरे फेदीमा रहेका मानवबस्ती झन्डै दुई दर्जन पहिरोको जोखिममा रहेको मिक्लाजुङ गाउँपालिका पूर्वअध्यक्ष देवीप्रसाद आचार्य बताउनुहुन्छ । चुरेमा जाने पहिरोकै क...

साउनको पहिलो सोमवार शिवालयमा घुईंचो, पशुपतिमा दर्शनार्थीलाई निःशुल्क बस सेवा

साउनको पहिलो सोमवार शिवालयमा घुईंचो, पशुपतिमा दर्शनार्थीलाई निःशुल्क बस सेवा
काठमाण्डौ – साउन महिनाको पहिलो सोमवार आज देशभरका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ । दर्शनार्थीको सुविधाका लागि पशुपतिनाथ मन्दिरको चारवटै ढोका बिहानै खोलिएको छ । यस्तै पशुपतिनाथ दर्शन गर्ने भक्तजनलाई निःशुल्क बससेवा शुरु गरिएको छ । चारवटा सार्वजनिक बसले चक्रपथ घुमेर पशुपतिनाथ आउने दर्शनार्थीलाई निःशुल्क सेवा दिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यसमध्ये दुईवटा बस गीता प्र...

स्मृति दिवसमा ट्राफिक सचेतना

स्मृति दिवसमा ट्राफिक सचेतना
गोविन्द शर्मा बाँके, साउन ४ गते । सडक दुर्घटनामा निधन भएको बाँकेको खजुरा गाउँपालिका –४ ‘ई’ गाउँका २५ बर्षिय अर्जुन रोकाक्षेत्रीको प्रथम स्मृति दिवस पारेर ट्राफिक सुरक्षा सम्बन्धी कार्यक्रम गरिएको छ । आइतबार बिहान नेपालगञ्जको सुर्खेतरोडस्थित धम्बोझीनजिक सडकमा ट्राफिक सचेतनासम्बन्धी बोर्ड राखिएको छ । सडक दुर्घटना न्यूनीकरणमा सहयोग होस् भन्ने उद्देश्यले ट्राफिक सचेतनासम्बन्धी बोर्ड राखिएको स्व...

भारी वर्षाको सम्भावना, सुरक्षित स्थानमा बस्न प्रधानमन्त्रीको आग्रह

भारी वर्षाको सम्भावना, सुरक्षित स्थानमा बस्न प्रधानमन्त्रीको आग्रह
काठमाडौँ, साउन ४ गते । देशको विभिन्न भागमा भारी वर्षा हुने पूर्वानुमानसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यक बाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गर्नुभएको छ। मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशको विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। उक्त जानकारीका आधारमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै जनसाधारणलाई सुरक्षित रहन...

भियतनाममा पर्यटक सवार डुंगा पल्टियो : ८ बालबालिकासहित ३४ को मृत्यु, ८ बेपत्ता

भियतनाममा पर्यटक सवार डुंगा पल्टियो : ८ बालबालिकासहित ३४ को मृत्यु, ८ बेपत्ता
हा लङ बेमा डुंगा दुर्घटनाः ३४ जनाको मृत्यु, ८ अझै बेपत्ता भियतनामको प्रसिद्ध पर्यटकीय स्थल हा लङ बेमा शनिबार दिउँसो आएको आकस्मिक आँधीबेहरीले पर्यटक बोकेको डुंगा पल्टिँदा ३४ जनाको ज्यान गएको छ भने ८ जना अझै बेपत्ता रहेका छन्। ‘वन्डर सी’ नामक डुंगामा ४८ जना यात्रु र ५ जना चालक दलका सदस्यसहित ५३ जना भियतनामी नागरिक सवार थिए। डुंगा युनेस्कोद्वारा सूचीकृत विश्व सम्पदा क्षेत्र हा लङ बेको भ्रमणमा थ...

पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता ‘पेन्डिङ’ मा

पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता ‘पेन्डिङ’ मा
काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण स्थगनमा रहेको जनाएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको पोलिटब्युरो बैठकमा पूर्वराष्ट्रपति भण्डारीको पार्टीमा सक्रिय हुने विषयमा विवाद भएपछि कुनै निष्कर्ष निस्कन नसकेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टी विधानको धारा ८ र ९ आकर्षित हुने भएकाले पूर...

आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराहताल

आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराहताल
गलकोट (बागलुङ), साउन ३ गते। बागलुङ बजारबाट नजिकैको पर्यटकीय गन्तव्य भकुण्डेको बराहताल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। हरियाली खेतबारीले घेरिएको मनमोहक बराहताल आन्तरिक पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको हो। बागलुङको पर्यटकीय गाउँका रूपमा नाम कमाएको भकुण्डेस्थित बराहतालमा युवायुवती घुम्न तथा भकुण्डेको शिरमा रहेको घरबास ९होमस्टे०मा अर्गानिक परिकारका स्वाद लिन पुग्ने गरेका छन्। बागलुङ ...

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता
पर्वत, साउन ४ गते । मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध दम्पती बेपत्ता भएका छन् । आज विहान गएको पहिरामा एकतले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उहाँकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता हुनुभएको हो । उहाँकी बुहारी ३२ वर्षीया पवित्रा भने पहिरो खस्नासाथ हम्फालेर बच्न सफल हुनुभएको मोदी –३ का वडा सदस्य सन्तोष विकले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयले उद्धार...