नेपाली महिला क्रिकेट टाेली एशियाली खेलकुदमा छनाेट हुन असफल
काठमाण्डाै – नेपाली महिला क्रिकेट टोली एशियाली खेलकुदमा छनोट हुन असफल भएको छ । आज तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा चीनसँग डीएलएस नियमका आधारमा ५ विकेटले पराजित भएपछि नेपाल छनाेट हुन असफल भएकाे हाे ।
वर्षाले प्रभावित खेलमा टस हारेर ब्याटिङ गर्दै नेपालले ७ ओभरमा ५ विकेट गुमाएर ५० रन बनाएकाे थियाे । नेपालकी कविता कुँवरले नटआउट २२ रन बनाइन् । चीनकी मा रुइकेले २ विकेट लिइन् ।
डीएलएस नियमम...









