काठमाण्डौ – टिकटकर तुलसा अधिकारी पक्राउ परेकी छन् । इन्टरपोलबाट रेड नोटिस जारी भएकी उनलाई प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा पक्राउ गरेको हो ।

अधिकारीलाई पक्राउ गरी थाइल्याण्डबाट गएराति काठमाण्डौ ल्याइएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । उनीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भएको छ । अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार रुपैयाँ ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो ।

उनी भागेर विदेश गएको खुलेपछि रेड नोटिस जारी भएको थियो । तुलसा कलेक्सन प्रालिकी सञ्चालक अधिकारीविरुद्ध ललितपुरका एक जना व्यवसायीले उजुरी दिएका थिए । अधिकारीलाई थुनछेक प्रयोजनको लागि अदालतमा उपस्थित गराइनेछ ।

तपाईको प्रतिक्रिया