माेरङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विराटनगर महानगरपालिकाको सभापतिमा कृष्ण निरौला निर्वाचित भएका छन्।

विराटनगरमा शनिबार सम्पन्न प्रथम अधिवेशनबाट सभापतिमा विराटनगर १ का निरौलासहित उपसभापतिमा विराटनगर ८ की निर्मला बुढाथोकी गिरी निर्वाचित भएका छन्।

महानगरको २ सय ९० मतबाट सभापतिका प्रत्यासी निरौलाले २०८ मत हासिल गर्दै सभापतिमा विजयी भएका हुन्। यसअघि, महानगर तदर्थ समिति संयोजक रहेका निरौलासंगै सभापतिमा सौरभ कोइरालाले ४१ र चित्रप्रसाद ढुंगेलले ३४ मत पाएका थिए।

उपसभापतिमा निर्मलाले १२६ मत हासिल गरेकी थिइन्। उनीसंगै उपसभापतिमा मनोज साह ७२ सविना खत्री ४६ र मन्दिराकुमारी पराजुलीले ३९ मत पाएका थिए।

त्यसैगरी, महानगरको सचिवमा विराटनगर ३ का अमरकुमार कटुवालले २२० मत हासिल गर्दा रुस्तमले ५९ मतमा सीमित भए। महानगरको सह सचिवमा विराटनगर ४ का विष्णु निरौला आकाश १९१ मतसहित निर्वाचित भए। महानगर समितिको सदस्यमा १९ वटाबाट सदस्य रहेकाछन्। कोषाध्यक्ष मनोनित हुने समितिको कार्यकाल ५ वर्षको हुने बताइएको छ।

तपाईको प्रतिक्रिया