काठमाडौँ । मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल सिजन टु तथा किड्स रन वे सिजन फाइभको ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । राजधानीमा शनिबार आयोजित ट्यालेन्ट राउण्डमा १४ जना बालबालीका तथा १७ जना विबाहित तथा अविबाहित महिलाहरुले प्रस्तुती दिएका थिए । ट्यालेन्ट राउण्डमा जजका रुपमा गायक बिनय कार्की क्षेत्री, अभिनेत्री हट्टी नट्टी श्रेष्ठ, गायक रोशल बालुवा, गायिका रेनुका पाख्रिन र फेसन डिजाइनर समिक्षा लामिछाने रहेका थिए । सो अवसरमा प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, लगायतका आ आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल सिजन टु तथा किड्स रन वे सिजन फाइभको फिनाले आगामी २३ गते हेरिटेज प्यालेस भक्तपुरमा साँझ ४ बजेदेखि आयोजना हुँदैछ । यस प्रतियोगीताका २ बिजेताले नगदसहित इण्डोनेशियाको बालीमा नेपालको प्रतिनिधित्व गर्दै प्रस्तुती दिन जाने अवसर पाउने शाह स्टुडियो एण्ड कम्पनीका सिईओ मोनु शाहले जानकारी दिए ।
रोयल ग्लोबल क्विन नेपाल सिजन टु तथा किड्स रन वे सिजन फाइभको फिनाले २३ गते, बिजेता इण्डोनेशियाको बाली जान पाउने







