विराटनगर, । विराटनगरको ऐतिहासिक, प्राज्ञिक तथा सांस्कृतिक गरिमालाई प्रवद्र्धन गर्ने उद्देश्यले विराटनगरमा हिमालय रोड किताब मेला २०८३ आयोजना हुने भएको छ ।
विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा विराटनगर स्थित हिमालय रोडमा भोली जेठ–१७ गते आइतवार एक दिने कितावमेला आयोजना हुने जानकारी गराईयो ।
दिगो विकास इन्स्टिच्याुट, ग्रीनसिटि भोलून्टियर,नर्थ साउथ कलक्टिम्स, पुस्तक विक्रेता तथा स्थानिय साहित्य व्येक्तित्व तथा जागरुक युुवाहरुको सयुक्त पहलमा मेला आयोजना हुन लागेको हो ।
मेलाको मुख्य उद्देश्य पठन संस्कृतिलाई प्रर्वधन गर्नु, पुस्तक पसल हरु लाई समवेश गर्ने, पाठक र लेखकहरूलाई सिधै जोड्ने र बौद्धिक विमर्शको वातावरण सृजना गर्ने रहेका मेला आयोजक ग्रीनसीटी भोलिन्टयर्स विराटनगरका कृतिका मण्डलले जानकारी दिनुभयो ।
मेलाले समाजमा ज्ञानको पहुँचलाई सहज बनाउँदै नयाँ पुस्तामा अध्ययनप्रतिको रुचि र रचनात्मक चिन्तनको विकास गराउन ठूलो सहयोग पुग्ने उहाको भनाई छ ।
मेलाका प्रमुख विशेषता पुस्तक प्रदर्शनी, साहित्य कुना पाठकहरूका लागि बसेर पढ्ने र साहित्यिक वातावरणको अनुभव रहेको दिगो विकास इन्सटिच्युटका अभिषेक श्रेष्ठले वताउनुभयो ।
दिउँसो १ बजे शुरू हुने मेलाको पहिलो सत्रमा विराटनगरमा साहित्य ः विगतदेखी वर्तमानसम्म वक्ताहरूमा खेम राज नेपाली, निर्मला कोईराला र कर्ण सन्जय प्रस्तुतिकरण गर्नुहुने छ । दोस्रो सत्रमा नेपाली वाङमय र विराटनगरको वक्ताहरूमा मनु मन्जिल्, दिनेश श्रेष्ठ र सगुना साह रहनुहुने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।
त्यस पश्चात् कविता वाचन, सांस्कृतिक नृत्य र कलाका विविध स्वरूपहरूको प्रस्तुति रहनेछ । किताब मेला २०८३ मा करीब दुई लाख रुपैया खर्च लाग्ने आयोजकले जनाएको छ ।
उक्त मेला दिगो विकास इन्स्टिच्युट, ग्रीन सिटी भोलुन्टियर विराटनगर, नर्थ साउथ कलेक्टिभ्स, पुस्तक बिक्रेता तथा स्थानीय साहित्यिक व्यक्तित्व एवं जागरूक युवाहरूको संयुक्त पहल रहेको सो अवसरमा जनाकारी गराइयो ।

तपाईको प्रतिक्रिया