बिराटनगरमा ‘बिराट सर्जिकल अपडेट्स २०२६’ सफलतापूर्वक सम्पन्न

बिराटनगरमा ‘बिराट सर्जिकल अपडेट्स २०२६’ सफलतापूर्वक सम्पन्न
विराटनगर । बिराट मेडिकल कलेज टिचिङ हस्पिटल (BMCTH) को सभागृहमा दुई दिनसम्म सञ्चालित 'बिराट सर्जिकल अपडेट्स २०२६' कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। पोस्ट ग्रेजुएट एमएस (जनरल सर्जरी) रेजिडेन्टहरूका लागि आयोजित यो Exam Oriented Crash Course काठमाडौं बाहिर पहिलो पटक सञ्चालन भएको हो। बहुविषयक शैक्षिक शल्यचिकित्सा कार्यक्रमको रूपमा आयोजित 'बिराट सर्जिकल अपडेट्स २०२६' को मुख्य उद्देश्य शल्यचिकित...

कोशी प्रदेशबाट राष्ट्रियसभामा सुनिलबहादुर थापा निर्विरोध निर्वाचित

कोशी प्रदेशबाट राष्ट्रियसभामा सुनिलबहादुर थापा निर्विरोध निर्वाचित
काठमाण्डाै – राष्ट्रियसभामा कोशी प्रदेशबाट अन्य समूहअन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको छ । एकल उम्मेदवार रहेका थापालाई निर्वाचन अधिकृतको कार्यालय, कोशी प्रदेशले आज निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेको हो । नेकपाका उम्मेदवार हेमराज घिमिरे उम्मेदवारी दर्ता गर्न समयमै नआइपुग्दा कांग्रेसका थापाको एकल उम्मेदवारी परेको थियो । आयोगले आज राष्ट्...

पौष २८ गते सोमबार, यस्तो छ तपाईको राशिफल

पौष २८ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष रुपैयाँ पैसाको कारोबार हुने दिन छ । आफन्तसँग भेटघाटको अवसर मिल्नेछ । धर्म कर्म, मंगलमय कार्य तथा सामाजिक दायित्वमा समय बित्नेछ । बौद्धिक पक्षबाट लाभ मिल्ने योग छ । तर गलत व्यक्तिको विश्वास गर्दा काममा धोका हुन सक्छ । सवारी साधन तथा हातहतियारको प्रयोगमा विशेष सावधानी अपनाउनुहोस् । वृष परिवारजन, बन्धुबान्धव वा इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । धेरै परिश्रम गर्दा पनि थोरै मात्र लाभ मिल्ने दे...

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करणका लागि फिल्म आह्वान

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करणका लागि फिल्म आह्वान
काठमाडौँ। ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण आगामी वर्षको बैशाख १० देखि १२ गतेसम्म आयोजना हुने भएको छ। सेलिब्रेटी नेपालको आयोजनामा हुन लागेको महोत्सवका लागि नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित फिल्महरू दर्ता गर्न आह्वान गरिएको छ। महोत्सवमा गाउँले परिवेश झल्किने स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री, फिचर फिल्म तथा विभिन्न भाषाभाषीका चलचित्रहरू सहभागी हुन सक्ने आयोजकले जनाएको छ। प्र...

काठमाडौंमा गरियो ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’को शुभारम्भ,के के हुँदैछन् सुरुवातमा प्रसारण

काठमाडौंमा गरियो ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’को शुभारम्भ,के के हुँदैछन् सुरुवातमा प्रसारण
काठमाडौं । नेपालमा नयाँ नेपाली ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’लन्च भएको छ। हिजो (शनिबार) काठमाडौंमा एक कार्यक्रमकाबीच संचार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल,चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ओटीटी शुभारम्भ गरेका हुन्। यो शुभारम्भ भएसँगै हलमा फिल्म तथा सिरिज हेर्न नपाएका दर्शकका लागि ओटिटिमार्फत हेर्न पाउने सुविधाको सुरुवात भएको छ। यसको सुरुवातसँगै यसले विश्व बजारमा आफ्नो पहुँच पुर्य...

मोरङमा कराते जिल्ला छनौट प्रतियोगिता सम्पन्न

मोरङमा कराते जिल्ला छनौट प्रतियोगिता सम्पन्न
सरिता कर्मकार विराटनगर।  नेपाल कराते महासंघको तत्वावधान तथा नेपाल सितोरियो कराते संघको स्वीकृतिमा मोरङ जिल्लामा आयोजित जिल्ला स्तरीय कराते छनौट प्रतियोगिता शनिबार सम्पन्न भएको छ। प्रतियोगिता विराटनगरस्थित शहिद मैदानको कवर्ड हलमा सम्पन्न भएको हो। नेपाल सितोरियो कराते संघ शाखा डोजो लैनचौरको संयुक्त कार्यक्रम तथा आयोजनामा हुन गइरहेको राष्ट्रिय काष्ठमण्डव कराते प्रतियोगिता र लगनखेल डोजो ललितपुरको...

ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा आज दिउँसो ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ८९२१ नम्बरको ट्रक र मनहरीबाट ज्यामिरेतर्फ आउँदै गरेको ना ४६ प ६०२८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक मनहरी गाउँपालिका–७ निवासी ४० वर्षीय सूर्यबहादुर मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ...

त्रिशूलीमा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुनसक्ने आशंका

त्रिशूलीमा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुनसक्ने आशंका
चितवन- तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको अवशेष भेटिएको छ। भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा गत वर्ष बेपत्ता भएका दुई बसमध्ये एउटा हुनसक्ने आशङ्का गरिएको छ। बस बेपत्ता भएको ठाउँबाट २०० मिटर नजिक तनहुँतर्फ बसको अवशेष फेला परेको हो। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार माछा मार्ने क्रममा जाल अड्किएपछि स्थानीयले...

रहेनन् गायक प्रशान्त तामाङ

रहेनन् गायक प्रशान्त तामाङ
गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको छ । ४३ वर्षको उमेरमा उनको आज बिहान हर्टअट्याक (हृदयघात) बाट मृत्यु भएको बताइएको छ । चर्चित भारतीय रियालिटी शो 'इन्डियन आइडल'का विजेता हुन् । आधा दर्जन नेपाली चलचित्रमा समेत अभिनय गरेको उनी सैनिक सेवामा पनि आवद्ध थिए । तामाङका 'असारे महिनामा', 'गोर्खा पल्टन', 'मन साइँली'लगायत दर्जनौँ गीत चर्चित छन् ।

पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै राप्रपाका नेता तथा कार्यकर्ताहरू

पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै राप्रपाका नेता तथा कार्यकर्ताहरू
काठमाडौँ- राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौँको सिंहदरबारस्थित मुख्य द्वारअगाडि रहेको उनको शालिकमा पुष्प तथा माल्यार्पण गरिएको छ। सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, कमल थापालगायत शीर्ष नेताहरू, कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो। उनीहरूले पृथ्वीनारायण शाहका साथै पूर्वराजा ज्ञानेन्द्...