काठमाडौँ, जेठ १७ गते । कुशल भुर्तेलले सानदार शतक प्रहार गरेपछि नेपालले सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा चीनलाई जितका लागि तीन सय १४ रनको विशाल योगफल दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा तीन सय १३ रन बनायो ।नेपालका लागि कुशलले शतक तथा कुशल मल्ल र रोहित पौडेलको अर्धशतक प्रहार गर्नुभयो । कुशलले ४३ बलमा पाँच चौका र १६ छक्काको सहयोगमा एक सय २९ रन बनाउनुभयो ।

उहाँले खेलको नवौँ ओभरमा ६ छक्का हान्दै एउटै ओभरमा ३७ रन बनाउनुभयो । कुशल मल्लले ४७ बलमा ८५ र रोहित पौडेल २१ बलमा अविजित ६९ रन जोड्नुभयो ।

नेपालले टी-२० क्रिकेटमा बनाएको यो सर्वाधिक दोस्रो योगफल हो । यसअघि नेपालले गत एसियन गेम्समा मंगोलियाविरुद्ध तीन सय १४ रनको योगफल बनाएको थियो । बलिङमा चीनका मा कुइनचेन र डेङ्ग जिङ्कीले एक एक विकेट लिनुभयो ।

तपाईको प्रतिक्रिया