बाढी प्रभावित कुन क्षेत्रमा कति रकम निकासा भयो ?

बाढी प्रभावित कुन क्षेत्रमा कति रकम निकासा भयो ?
काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहका लागि रु १३ करोड ५० लाख निकासा गरेको छ । सरकारले दुई चरणमा गरी ती पालिकामा उक्त रकम निकासा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भोटेकोशी हुँदै त्रिशूली नदीमा बाढी गए लगत्तै रसुवा र नुवाकोटका लागि रु एक–एक करोड तथा धादिङका लागि रु ५० लाख दिने निर्णय सरकारले गरेको थियो । त्यसपछि...

११ हजार ९९३ जनाको उद्धार

११ हजार ९९३ जनाको उद्धार
काठमाडौँ, भदौ १८ गते । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । यस्तै, चार हजार २१६ जना अझै सम्पर्कविहीन छन् । बाढीपछि राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा ...

रामगोपालपुर नगरपालिकाले बाढीपीडितलाई ३१ लाख सहयोग गर्ने

रामगोपालपुर नगरपालिकाले बाढीपीडितलाई ३१ लाख सहयोग गर्ने
अजय शाह गौशाला (महोत्तरी), भदौ १८ गते । रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवन जिल्लामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि महोत्तरीको रामगोपालपुर नगरपालिकाले ३१ लाखभन्दा बढी रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाले विपद्बाट प्रभावित व्यक्ति, परिवार तथा समुदायको उद्धार, राहत र पुनःस्थापनाका लागि नेपाल सरकारको प्रयासमा ऐक्यबद्धता जनाउँद...

सुनसान रसुवागढीमा एक्लो ‘टेलिकम’

सुनसान रसुवागढीमा एक्लो ‘टेलिकम’
काठमाडौँ, भदौ १८ गते । भोटेकोशी नदीमा आएको हिमबाढीले नेपाल–चीन सीमानाका रसुवागढी पूर्ण क्षतिग्रस्त छ । बाढीले नाकामा रहेको भन्सार, अध्यागमन र सुरक्षा बलका संरचना पनि बाँकी छैनन् । सडक मार्ग पनि बाढीले बगाएपछि रसुवागढी पहुँचबाहिर छ, मानवीय चहलपहल शून्य छ । सबै संरचना र मानवीय गतिविधि नै नरहेको उक्त क्षेत्रमा अहिले राज्यको एक्लो प्रतिनिधि बनेर उभिएको छ ‘नेपाल टेलिकमको टावर’ । त्यही टावर नजिकै रह...

६४ हजार रुपैयाँ घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर दीपा कार्की र बिचौलिया पक्राउ

६४ हजार रुपैयाँ घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर दीपा कार्की र बिचौलिया पक्राउ
काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दीपा कार्की र बिचौलियाको भूमिकामा रहेकी आस्मा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६४ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ । अख्तियारका अनुसार नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखामा कार्यरत सातौँ तहकी इन्जिनियर कार्कीले सेवाग्राहीको ‘स्त्रुक्तुरे अनल्य्सिस्’ सम्बन्धी काम स्वीकृत गरिदिएबा...

कस्तो छ आजको मौसम पूर्वानुमान ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थान कै आसपास रहेको जानकारी दिएको छ । हाल कोशी प्रदेशको तराई तथा मधेश प्रदेशमा आंशिक बादल लागेको छ । बाँकी सबै भू-भागमा साधारणतया बादल लागेको छ । बागमती प्रदेशका केही स्थानमा, कोशी, गण्डकी, लुम्बिन...

नेपालले आज एसीसी प्रिमियर कपमा मलेसियासँग खेल्दै

नेपालले आज एसीसी प्रिमियर कपमा मलेसियासँग खेल्दै
काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत आज मलेसियासँग खेल्दै छ । नेपाली समय अनुसार आज बिहान ७: १५ बजेदेखि शुरु हुने यो खेल मलेसियाको बाँगीस्थित वाईएसडी–युकेएम क्रिकेट मैदानमा हुदैछ । नेपालले यसअघि पहिलो खेलमा बहराइनलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ । त्यस्तै मलेसियाले पनि आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई ९३ रनले पराजित गरेर प्रतियोगितामा शा...

आज राष्ट्रिय सभा अन्तर्गतका तीन समितिको बैठक बस्दै

आज राष्ट्रिय सभा अन्तर्गतका तीन समितिको बैठक बस्दै
काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतका तीन समितिको बैठक बस्दैछ । आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । आज बिहान ११ बजेदेखि बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको आर्थिक बर्ष २०८२-८३ को वार्षिक प्रतिवेदनको मस्यौदामा छलफलको कार्यसूची रहेको छ । त्यस्तै, बिहान साढे ११ बजेदेखि शुरु ह...

आजको राशिफल: वि.सं. २०८३ भाद्र १८ गते बिहीबार

आजको राशिफल: वि.सं. २०८३ भाद्र १८ गते बिहीबार
आजको राशिफल: वि.सं. २०८३ भाद्र १८ गते बिहीबार, ई.सं. २०२६ सेप्टेम्बर ०३, वर्षा ऋतु, दक्षिणायन, नेपाल संवत् ११४६, भाद्र कृष्ण पक्षको सप्तमी तिथि, कृत्तिका नक्षत्र, मेष राशिमा चन्द्रमा, सिंह राशिमा सूर्य, व्याघात योग, भद्रा करण। आज अमुक्तभरण सप्तमी व्रत तथा गौरासप्तमी। नेपालमा सूर्योदय बिहान ५:४४ बजे र सूर्यास्त साँझ ६:२१ बजे हुनेछ।   आज बगलामुखी भगवतीको स्मरण गरेर दिनको सुरुवात गर्नुहोला...

जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ
काठमाडौं । पर्वत र धादिङमा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पर्वतमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा कुश्मा नगरपालिका–९ बस्ने ४१ वर्षीय श्रीप्रसाद राई पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। त्यस्तै, धादिङमा २४ वर्षीया महिलालाई जबरजस्ती करणी ग...