कमलामा १४ वर्षदेखि पुल अलपत्र, काठेपुल तरेबापत २० रुपैयाँ शुल्क

कमलामा १४ वर्षदेखि पुल अलपत्र, काठेपुल तरेबापत २० रुपैयाँ शुल्क
सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला नदीमा पुल निर्माण सुरु भएको १४ वर्ष बितिसक्दा पनि काम अलपत्र छ । पुल नबन्दा सिरहा र धनुषावासी नदी तर्नका लागि स्थानीय युवाको सक्रियतामा बनाइएको कामचलाउ काठेपुलको सहारा लिन बाध्य छन् । यही काठेपुल तरेबापत स्थानीयले प्रतिव्यक्ति रु २० शुल्क तिर्नुपरेको छ । विगतमा रु एक सयसम्म शुल्क लिने गरेकामा पछि सिरहा नगरपालिकाको समन्वयमा रु २० कायम ...

अलैँचीको मूल्य निरन्तर उकालो : प्रतिमन एक लाख पुग्यो

अलैँचीको मूल्य निरन्तर उकालो : प्रतिमन एक लाख पुग्यो
झापा– अलैँचीको भाउ यस वर्षको सबैभन्दा उच्च बिन्दुमा पुगेर ओरालो लागेको छ । आज प्रतिमन (४० केजी) अलैँची अधिकतम एक लाख रुपैयाँमा किसानबाट खरिद भइरहेको नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष दीपक नेपालले जानकारी दिए । व्यवसायीले किसानबाट ‘चालू’ र ‘जेजे’ गरी दुई गुणस्तरको अलैँची खरिद गर्दै आएका छन् । जेजे अलैँचीको मूल्य आज एक लाख रुपैयाँ प्रतिमन कायम भएको हो भने चालू अलैँची ९७ हजार रुपैयाँ प्रतिमन...

इलामका बाढीपीडितलाई जर्मनीको ६४ लाख सहयोग

इलामका बाढीपीडितलाई जर्मनीको ६४ लाख सहयोग
इलाम । संघीय गणतन्त्र जर्मनीले इलामका बाढी प्रभावितलाई रु ६३ लाख ९६ हजार बराबरका सहायता सामग्री प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालका लागि जर्मनीका राजदूत उदो भोल्जले जर्मनीको गैरसरकारी संस्था डोइचे वेल्टहुङगेहिल्फमार्फत सहयोग सामग्री परिचालन गर्न उक्त संस्थाका देशीय निर्देशक सकेब नवीसँग मङ्गलबार सम्झौता गरेका यहाँस्थित जर्मनीको राजदूतावासले जनाएको छ । आगामी दुई महिनाभित्रमा बाढी...

विपिनको नामबाट भीमदत्त नगरपालिकाले चोक नामकरण गर्ने, परिवारलाई दुई लाख राहत

विपिनको नामबाट भीमदत्त नगरपालिकाले चोक नामकरण गर्ने, परिवारलाई दुई लाख राहत
महेन्द्रनगर । इजरायलमा हमासको नियन्त्रणमा मारिएका नेपाली विद्यार्थी विपिन जोशीको परिवारलाई कञ्चनपुरको भीमदत्त नगरपालिकाले २ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।मंगलबार नगर प्रमुख पदम बोगटीले किरियामा रहेका विपिनको परिवारलाई भेटेर समवेदनासहित पालिकाबाट दुई लाख रुपैयाँ सहयोग गर्ने बताएका थिए । उनले सो क्रममा विपिनको सम्झनामा चोक बनाउने घोषणा गरे । दुई वर्षअघि लर्न एन्ड अर्न कार्यक्रमका लागि इजरायल गए...

दुर्घटनामा तीनको मृत्यु, चार गम्भीर घाइते

दुर्घटनामा तीनको मृत्यु, चार गम्भीर घाइते
भैरहवा, कात्तिक १२ गते । रुपन्देहीको कन्चन गाउँपालिका–५, फायरलाइनस्थित भित्री सडक खण्डमा गए राति भएको कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चारजना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार बागमती प्रदेश ०१–००६ ख. ७७८२ नम्बरको इभी गाडी रुद्रपुरतर्फ आउँदै गर्दा राति करिब १०ः३० बजे अनियन्त्रित भई सडक छेउँमा रहेको बाँझीको रुखमा ठोक्किएको थियो । दुर्घटनामा सवार सात जनामध्ये तीन जनाको मृत्यु भएको र ...

सुनको भाउ आज पनि घट्यो : सुन तोलाको २ लाख ३६ हजार ३००

सुनको भाउ आज पनि घट्यो : सुन तोलाको २ लाख ३६ हजार ३००
काठमाण्डौ – तिहार बिदापछि सुनको भाउ लगातार घटेको छ । तिहारपछिको पहिलो कारोबारको दिन आइतबारदेखि घट्न थालेको सुनको भाउ आज पनि घटेको छ । आइतबार तोलामा दुई लाख ४१ हजार नौ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार र हिजो मंगलबार पनि घटेको थियो । त्यस्तै आज सुन तोलामा ७ सय रुपैयाँले घटेर तोलाको दुई लाख ३६ हजार तीन सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलाको...

दुई भारतीय नागरिक पक्राउ

दुई भारतीय नागरिक पक्राउ
विराटनगर / मोरङको रङ्गेली नगरपालिका–९, दोमहाना बजारबाट अवैध रूपमा जडीबुटी बिक्री–वितरण गर्ने दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूबाट विभिन्न किसिमका जडीबुटी बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार, बरामद जडीबुटीको बजार मूल्य र स्रोतबारे थप अनुसन्धान जारी छ । यस घटनाले स्थानीय बजारमा अवैध जडीबुटी कारोबार बढिरहेको पुष्टि गरेको छ । पक्राउ परेकाहरूलाई आव...

लुबुचेमा हेलिकप्टर दुर्घटना, पाइलटको उद्धार

लुबुचेमा हेलिकप्टर दुर्घटना, पाइलटको उद्धार
सोलुखुम्बुस्थित सगरमाथा आधार शिविरनजिकै लबुचेमा आज (बुधबार) बिहान अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ। नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार लुक्ला-लबुचे (उद्धार उडानका लागि) गएको अल्टिच्युड एयरको नाइनएन-एएमएस हेलिकप्टर दुर्घटनामा परेको हो। हेलिकप्टरमा क्याप्टेन विवेक खड्का मात्रै थिए। उनी सकुशल रहेको प्राधिकरणका सूचना अधिकारी भुलले जानकारी दिए। सोलुखुम्बुका...

दश दिनमा ४० हजारभन्दा बढी पर्यटक मुस्ताङमा

दश दिनमा ४० हजारभन्दा बढी पर्यटक मुस्ताङमा
मुस्ताङ । कात्तिक सुरु भएको १० दिनमा मुस्ताङमा ४० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । राष्ट्रिय गौरवको बेनी-जोमसोम सडक मार्ग हुँदै कात्तिक १ गतेदेखि १० गतेसम्म ३७ हजार १४६ जना आन्तरिक र तीन हजार ७३२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङमा सो अवधिमा बेनी-जोमसोम सडक मार्ग हुँदै बस, जीप, कार, भ्यान र मोटरसाइकल गरी ११ हजार ८०८ वटा सवारीसाधन भित...

दमकमा बस दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते

दमकमा बस दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते
भद्रपुर (झापा), कात्तिक १२ गते । दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस दुर्घटना हुँदा त्यसमा ३५ जना सवार थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य २० जना उपचारपछि घर फर्केका ...