काठमाडौं — साइबर सुरक्षामा गम्भीर कमजोरी फेला परेपछि नेपालका विभिन्न सरकारी वेबसाइट अस्थायी रूपमा बन्द भएका छन्।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, विभिन्न मन्त्रालय, मौसमसम्बन्धी निकाय तथा स्थानीय तहका वेबसाइटसमेत खुल्न नसकेको जनाइएको छ।

इन्टरनेटमा वेबसाइट सञ्चालनका लागि प्रयोग हुने प्रोग्रामिङ भाषा पीएचपी (PHP) मा दुई गम्भीर सुरक्षा कमजोरी फेला परेपछि यस्तो अवस्था आएको हो।

साइबर सुरक्षा निकायले सम्बन्धित संस्थालाई तत्काल सुरक्षा अपडेट लागू गर्न आग्रह गरेका छन्। अपडेट गर्न नसक्ने संस्थालाई जोखिम न्यूनीकरणका लागि वेबसाइट अस्थायी रूपमा बन्द राख्न सुझाव दिइएको छ।

साइबर सुरक्षा कम्पनी विजका अनुसार यी कमजोरी एआई प्रविधिबाट पत्ता लागेका गम्भीर सुरक्षा जोखिममध्ये पर्छन्।

तपाईको प्रतिक्रिया