तासमानियासँग नेपाल ए पराजित

तासमानियासँग नेपाल ए पराजित
काठमाडौँ । नेपाल ए टिम अस्ट्रेलियाको तासमानियासँग पराजित भएको छ । नेपाल ए तासमानियासँगको एकदिवसीय खेल २ विकेटले हारेको हो । नेपाल ए ले दिएको १९३ रनको लक्ष्य पछाएको तासमानियाले ४९.२ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले ४३.३ ओभरमा अल आउट हुदै १९२ रन बनाएको थियो । अब नेपाल ए ले सेप्टेम्बर ४ बुधबार साउथ अस्ट्रेलिया टिमसँग र सेप्टेम्बर ६...

भोजपुरमा कुटपिट गरी शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ

भोजपुरमा कुटपिट गरी शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ
भोजपुर । भोजपुरमा कुटपिट गरी एक शिक्षकको हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार साल्पासिलिछो गाउँपालिका–५ माबुस्थित भदौरे मेलामा सहभागी हुन आएका खोटाङको केपिलासगढी गाउँपालिका–७ का ३९ वर्षीय भानुभक्त राईलाई पुरानो विवादका कारण कुटपिट गरिएको थियो। गत भदौ ११ गते राति करिब ११: ४५ बजे भएको कुटपिटबाट राईको मृत्यु भएको प्रहरीले जनाएको छ । राई स...

चीनले नेपाललाई मौसमसम्बन्धी सहयोग गर्दै

चीनले नेपाललाई मौसमसम्बन्धी सहयोग गर्दै
काठमाडौं । चीनले रसुवा-ग्यिरोङ सीमा क्षेत्रमा आएको भीषण बाढीपहिरोपछि नेपाललाई मौसमसम्बन्धी सूचना तथा पूर्वानुमानमा सहयोग गर्दै आएको जनाएको छ । चीनको मौसम प्रशासनका प्रवक्ता वाङ यावेईका अनुसार विपद्पछि चीनले तत्कालै नेपालको मौसम विभागसँग मौसमसम्बन्धी भिडियो छलफल गरेको थियो । त्यसयता नेपाललाई मौसम निगरानी, पूर्वानुमान, पूर्वसूचना तथा विपद्को प्रभावसम्बन्धी जानकारी उपलब्ध गराउँदै आएको छ । उनका ...

काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त
काठमाडौँ । सरकारले काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रार पदमा विराज सिंह थापालाई नियुक्त गरेको छ । विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले थापालाई रजिस्ट्रार नियुक्त गरेका हुन् । नवनियुक्त रजिस्ट्रार थापाले बुधबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन् । थापा विगत २२ वर्षदेखि काठमाडौँ विश्वविद्यालयम...

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश
विराटनगर / नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ को बार्षिक प्रगती प्रतिवेदन आर्थिक मामिला तथा योजनामा पेश गरिएको छ । प्रदेश कार्यालयले गरेका प्रमुख कार्यक्रम, गतिविधि तथा उपलब्धिहरू समेटिएको वार्षिक प्रगति प्रतिवेदन कोशी प्रदेश सरकारका माननीय आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेप समक्ष पेश गरेको छ । बीमा प्रधिकरण कोशी प्रदेश कार्यालयका प्रदे...

भदौ १७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

भदौ १७ गते बुधबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको योजना बन्नेछ । साझेदारीमा काम गर्ने विषयमा आज निर्णय नगर्नुहोला । सन्तानबाट सुख प्राप्त हुनेछ । राति चन्द्रमालाई विधिपूर्वक जल अर्पण गर्नुहोला, शुभ फल प्राप्त हुनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आर्थिक पक्ष केही कमजोर रहनेछ । शारीरिक स्फूर्ति कम हुन सक्छ । वादविवाद बढ्ने सम्भावना छ । आज सेतो वस्तुको प्रयोग गर्नुहोला, शुभ फल प्राप्त...

कृष्ण जन्माष्टमीको अवसरमा चित्रकला प्रतियोगिता : उपाधीमा एभरेष्टको वर्चस्व

कृष्ण  जन्माष्टमीको अवसरमा चित्रकला प्रतियोगिता : उपाधीमा एभरेष्टको वर्चस्व
विराटनगर । कृष्ण जन्माष्टमीको अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) विराटनगरको आयोजनामा सम्पन्न ‘कृष्ण मेरो कल्पनामा’ विषयक चित्रकला प्रतियोगितामा एभरेष्ट सेकेन्डरी स्कुलले वर्चस्व कायम गरेको छ। द रेड पब्लिकेसन्सको सहकार्यमा आयोजित प्रतियोगितामा विराटनगर महानगर क्षेत्रका विभिन्न विद्यालयबाट १०९ जना विद्यार्थी सहभागी भएका थिए। प्रतियोगितामा सहभागी विद्यार्थीले भगवान् श्र...

वेत्रावतीको एउटै घरभित्र भेटिए २४ शव

वेत्रावतीको एउटै घरभित्र भेटिए २४ शव
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका १० स्थित बेत्रावतीको एउटै घरभित्र २४ जनाको शव फेला परेका छन् । प्रहरीले एउटै घरमा २४ जनाको शव फेला परेको जानकारी दिदै अहिले शवहरुलाई बाहिर निकाल्ने काम भइरहेको जानकारी दिएको छ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट सो घर पुरै डुबानमा परेको थियो । घरमा रहेका शव पहिचान गर्न नसक्ने अवस्थामा रहेको र कसको घर हो भन्ने खुल्न बाँ...

७८ वर्षीय भण्डारीले दिए राहत कोषमा ७ लाख ७७ हजार सहयोग

७८ वर्षीय भण्डारीले दिए राहत कोषमा ७ लाख ७७ हजार सहयोग
काठमाडौँ । ७८ वर्षीय धनपति भण्डारीले रसुवाका बाढीपीडितका लागि ७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग गरेका छन् । उनले सिंहदरबार पुगेर उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए । जीवनको लामो समय भारतमा रोजगारीका क्रममा बिताएका भण्डारी छोराछोरी हुर्किएपछि आफ्नो थातथलो बुटवल फर्किएका थिए । छोराछोरीले काठमाडौँमा राम्रो व्यवस्था गरेपछि उनी बुटवलबाट काठमाडौँ सरेर सिनाम...

गोकर्णेश्वरको नयाँ बस्ती युवा क्लब राहत अभियानमा, विपद् कोषमा १ लाख बढी सहयोग

गोकर्णेश्वरको नयाँ बस्ती युवा क्लब राहत अभियानमा, विपद् कोषमा १ लाख बढी सहयोग
काठमाडौं । गोकर्णेश्वर नगरपालिका–५ मा रहेको नयाँ बस्ती युवा क्लबले रसुवा बाढी प्रभावितका लागि १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ। क्लबले गोकर्णेश्वर नगरपालिकाले स्थापना गरेको विपद् राहत कोषमा उक्त रकम जम्मा गरेको हो। सोमबार क्लबका अध्यक्ष चन्द्रमणि गौतमसहित पदाधिकारीहरूले नगर प्रमुख दीपककुमार रिसाललाई १ लाख ११ हजार १११ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्। चेक हस्तान्तरण कार्यक्र...