राजधानी भित्रिन अर्को सडकको सूची थपियो, हेटौंडा–काठमाडौं वैकल्पिक सडक सञ्चालनको तयारी
हेटौंडा। बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पहिरोका कारण यातायात प्रभावित भएपछि वैकल्पिक सडकको आवश्यकता बढेसँगै प्रदेश सरकारले उक्त सडकको आवश्यक मर्मत तथा स्तरोन्नति गरी सञ्चालनमा ल्याउने तयारी गरेको हो।
बागमती प्रदेशका मुख्यमन्त्री क...









