सुर्खेत, ५ कात्तिक । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा लोकसेवा आयोगथको तयारी गरिरहेका एक युवा मृत फेला परेको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक श्याम प्रकाश यादवका अनुसार वीरेन्द्रनगर वडा नंं ८ रंगशाला नजिक कोठा भाडामा लिई एक वर्ष देखि बस्दै आइरहेका अछामको रामारोशन गाउँपालिका वडा नं. ५ घर भएका २६ वर्षीया राजेन्द्र रोकाया मृत फेला परेका हुन ।

 

‘बीरेन्द्रनगर न.पा. ८ रंगशाला स्थित नविन कुमार के.सी. को घरमा कोठा भाडा  गरी बस्ने बर्ष २६ को राजेन्द्र रोकाया आफु सुत्ने कोठाको भित्तामा रहेको किलामा प्लास्टिकको डोरीको पासो लगाई झुण्डी मुत्यु भएको भनि घरधनीले जिप्रका सुर्खेतमा जानकारी गराएका थिए ।’ उनले भने, ‘प्रहरी पुग्दा डोरी चुडिएर मृत अवस्थामा रोकाया फेला परेका छन् ।’

 

उनि १ बर्ष देखि लोकसेवा परिक्षा तयारी गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रोकायाको शव अहिले त्यहि घरमा राखिएको छ भने मृतकका आफन्तहरु अछामबाट सुर्खेततर्फ आइरहेका छन् ।

तपाईको प्रतिक्रिया