विराटनगर  /  दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु मोरङको बुढीगंगा गाउँपालिकामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । बुढीगंगा गाउँपालिका–४ पोठियास्थित कोयलपुर–नेमुवा भित्री सडकखण्डमा कात्तिक ३ गते दिउँसो करिब ३ः२० बजे विपरीत दिशाबाट आउँदै गरेका प्रदेश १–०२–०४८ प ५६१० र को २७ प ८११७ नम्बरका मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका प्रदेश १–०२–०४८ प ५६१० नम्बरको मोटरसाइकल चालक बुढीगंगा गाउँपालिका–६ निवासी ४० वर्षीय बलदेवकुमार विश्वासको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।शरीरको भित्री भागमा चोट लागेका विश्वासको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको अवस्थामा कात्तिक ५ गते साँझ ७ः४० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा को २७ प ८११७ नम्बरको मोटरसाइकल चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–२ मृगौलिया पत्थरघट्टा निवासी ३६ वर्षीय तिलककुमार चौधरी घाइते भएका छन् । उनको दायाँ हात र खुट्टामा चोट लागेको छ भने विराट शिक्षण अस्पतालमा उपचार भइरहेको जनाइएको छ दुर्घटनामा संलग्न दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा रहेका छन्

तपाईको प्रतिक्रिया