तीन करोड ७४ लाख ८४ हजार धरौटी बुझाएर छुटे रवि

तीन करोड ७४ लाख ८४ हजार धरौटी बुझाएर छुटे रवि
रास्वपाका सभापति रवि लामिछाने जेल मुक्त भएका छन् ।शुक्रबार भैरहवास्थित रुपन्देही जिल्ला अदालतमा तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी रकम बुझाएर लामिछाने कैदमुक्त भएका हुन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार सभापति लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । लामिछाने अदालतमै उपस्थित भएर सो रकम बराबरको बैंक जमानत बुझाएर छुटेको अदालत प्रशासनले जनाएको छ।

स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
काठमाडौँ, पुस ४ गते । सन् २०४५ सम्म शूल्य कार्वन उत्सर्जन गर्ने तथा दिगो विकास लक्ष्य हासिल गर्न स्वच्छ ऊर्जा प्रविधिहरूको विकासमा जोड दिइएको छ । जर्मन विकास नियोग (जिआइजेड)द्वारा आज यहाँ आयोजित ‘नेपालको स्वच्छ ऊर्जा भविष्य, दिगो ऊर्जा चुनौती कोषको उपलब्धि र अवसर’ विषयक छलफल कार्यक्रममा वक्ताहरूले स्वच्छ ऊर्जाको पहुँच विस्तारसँगै बजार निर्देशिक समाधानमार्फत ऊर्जा रुपान्तरणमा जानुपर्नेमा जोड दि...

अमेरिकाले ‘डीभी लटरी’ स्थगित गर्‍यो

अमेरिकाले ‘डीभी लटरी’ स्थगित गर्‍यो
ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जानेगरी भएको गोलीकाण्डको घटनाले अमेरिकी प्रशासनलाई तत्काल कदम चाल्न बाध्य पारेको छ। घटनाका मुख्य संदिग्ध क्लाउडियो नेभेस भालेन्ते, जो २०१७ मा विविधता लटरी (डीभी) मार्फत् ग्रीन कार्डधारी बनेका थिए, बिहीबार मृत फेला परेका छन्। यसअघि उनी म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का प्राध्यापक नुनो लुरेइरोको हत्या पनि गरेको विश्वास गरिएको छ। अमेरिकी राष्ट्र...

साना व्यापारीका लागि ‘लोक्ता’ एप सार्वजनिक

साना व्यापारीका लागि ‘लोक्ता’ एप सार्वजनिक
विराटनगर — साना तथा स्थानीय व्यापारीको दैनिक कारोबार र स्टक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यसहित ‘लोक्ता’ नामक मोबाइल एप सार्वजनिक गरिएको छ। किराना पसल, साना थोक तथा छिमेकस्तरका व्यवसायीलाई लक्षित गरी विकास गरिएको सह-संस्थापक कमल शाहले जानकारी दिनुभयो । । एपमार्फत बिक्री–खरिदको अभिलेख राख्न, स्टक ट्र्याक गर्न र नाफा–नोक्सानीको अवस्था एकै ठाउँमा हेर्न सकिने सुविधा उपलब्ध छ। ‘Minimum Learn...

इटहरीमा हुने अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलनको तयारी पूरा

इटहरीमा हुने अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलनको तयारी पूरा
इटहरी : उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायीत्वका लागि इटहरीमा यही पुस ५ गतेदेखि हुने अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलनको तयारी पूरा भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा एक सय १२ वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरिनेछ । जनता बहुमुखी क्याम्पसलाई पूर्वकै शैक्षिक हबको रूपमा विकास गरेर लैजाने उद्देश्यका साथ हुन लागेको सम्मेलनमा चारवटा किनोट स्पिच, १५ वटा प्लेनरी स्पिच, चारवटा फिचर...

निजी क्षेत्रमाथि आक्रमण गर्नेहरूलाई कारबाही गर्नुपर्छ : अध्यक्ष ढकाल

निजी क्षेत्रमाथि आक्रमण गर्नेहरूलाई कारबाही गर्नुपर्छ : अध्यक्ष ढकाल
काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय निजी क्षेत्रमाथि आक्रमण गर्नेहरू कारबाहीमा पर्दैनन् कि भन्ने गम्भीर चिन्ता पैदा भएको बताउनुभएको छ । गोरखापत्र संस्थानले आज आयाेजना गरेकाे एक कार्यक्रममा बोल्दै ढकालले नवयुवा समूह र सरकारबीच भएको सम्झौताले तोडफोड, आगजनी र लुटपाट गर्नेहरूलाई कारबाही नहुने हो कि भन्ने आशङ्का निजी क्षेत्रमा पैदा भएको बताउनुभएको हो ।...

निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौं । सरकारले निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्मा पेश भएको अध्यादेश अनुसार, दलित आदिवासी जनजाती, खस आर्य, मधेशी, थारु, मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा निर्धारण गर्न प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को अनुसूच...

वैदेशिक रोजगारीमा रहेकामध्ये धेरैमा मतदानको इच्छा

वैदेशिक रोजगारीमा रहेकामध्ये धेरैमा मतदानको इच्छा
काठमाण्डाै – वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकमध्ये धेरैजसोले चुनावमा मतदान गर्न चाहेको बताएका छन् । कानून तथा सामाजिक न्यायका लागि नीति मञ्च (ल्याप्सोज) र श्रमिक सञ्जाल काठमाण्डौले गरेको 'आउट अफ कन्ट्री भोटिङ' सम्बन्धी धारणा सर्वेक्षणमा ६० प्रतिशतभन्दा धेरैले मतदानको इच्छा व्यक्त गरेका छन् । आज सार्वजनिक प्रतिवेदन अनुसार सर्वेक्षणमा सहभागी ६ हजार ४८५ नेपाली श्रमिकमध्ये ६१ प्रतिशत पुरुष र ६...

भोजपुरको तावा भञ्ज्याङ प्रचार र पूर्वाधारको अभावका कारण ओझेलमा

भोजपुरको तावा भञ्ज्याङ प्रचार र पूर्वाधारको अभावका कारण ओझेलमा
भोजपुर : भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहे पनि व्यवस्थित प्रवर्द्धन नहुँदा यो क्षेत्रले अपेक्षित रूपमा पर्यटक तान्न नसकेको सरोकारवाला बताउँछन् । नयाँ वर्ष, चाडपर्व तथा विभिन्न अवसरमा वनभोज (पिकनिक) खान आउने आन्तरिक पर्यटकको रोजाइमा पर्दै आएको तावा भ...

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी
काठमाडौँ-जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबी रकममध्ये हालसम्म रु पाँच अर्ब १८ करोड दाबी रकम बीमितलाई भुक्तानी गरिएको छ । नेपाल बिमा प्राधिकरणले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै निर्जीवन बिमा कम्पनीमा परेका कूल तीन हजार ३०३ वटा बिमा दाबीको करिब रू २३ अर्ब ४५ करोड दाबी रकममध्ये हालसम्ममा उक्त रकम भुक्तानी भइसकेको जनाएको हो । सम्पत्ति बिमातर्फ करिब रू तीन अर्ब ८२ करोड ...