काठमाडौं । अविरल वर्षाका कारण काठमाडौँको बल्खु खोलामा आएको तीव्र बहावले किनारका घर जोखिममा परेपछि त्यहाँ भाडामा बस्दै आएका करिब २० जनालाई सुरक्षित स्थानमा सारिँएको छ ।

काठमाडौँ महानगर प्रहरीका नगर प्रहरी नायब उपरीक्षक किशोरकुमार भट्टराईका अनुसार जोखिममा परेको घरबाट भाडामा बस्ने करिब २० जनालाई अन्यत्र सारिएको छ ।

बल्खु खोलामा बाढी बढ्दै गएपछि बल्खु तरकारी बजारमा समेत पस्न लागेको छ ।

प्रहरीले नदी किनारका क्षेत्रमा माइकिङ गरेर सुरक्षित र सतर्क रहन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया