मधेश प्रदेशका उपसचिव र शाखा अधिकृतसहित ७२ कर्मचारी कारबाहीमा
प्रवीण कुमार शर्मा
रौतहट, पुस ३ गते । मधेश प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिदको कार्यालयले जनकपुरधामस्थित प्रदेश सरकारका ९ मन्त्रालयसहित १८ वटा कार्यालयमा गरेको छडके अनुगमनमा दुई उपसचिव, ४१ शाखा अधिकृतसहित ७२ कर्मचारी कारबाहीमा परेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिदको कार्यालय मधेश प्रदेशका निमित प्रमुख सचिव राम कुमार महतोको निर्देशनमा मङ्गलबार र बुधबार कर्मचारीको उपस्थिति र पोषाकक...









