काठमाडौं । गृह मन्त्रालयले मातहतका ५५ जना शाखा अधिकृतको सरुवा गरेको छ। मन्त्रालयले असोज ८ गतेको निर्णयअनुसार शाखा अधिकृतहरूको सरुवा गरेको हो। सरुवा हुनेमध्ये अधिकांश जिल्ला प्रशासन कार्यालय र कारागार कार्यालयमा कार्यरत अधिकृत छन्।सरुवासँगै केही अधिकृत जिल्ला प्रशासन कार्यालयबाट कारागार कार्यालयमा पुगेका छन् भने केही कारागार कार्यालयबाट जिल्ला प्रशासन कार्यालयमा सरुवा भएका छन् । मन्त्रालयले सरुवा भएका सबै शाखा अधिकृतको विवरणसमेत सार्वजनिक गरेको छ।

सरुवा हुनेमा कृष्णप्रसाद घिमिरे नवलपरासी पश्चिमको जिल्ला प्रशासन कार्यालयबाट कारागार कार्यालयमा, दलबहादुर बस्नेत नेपालगन्जस्थित कारागार कार्यालयबाट बाँके जिल्ला प्रशासन कार्यालयमा र बिनिता यादव बाँके जिल्ला प्रशासन कार्यालयबाट नेपालगन्ज कारागार कार्यालयमा सरुवा भएका छन्। हेमन्ती साउद कञ्चनपुर कारागारबाट जिल्ला प्रशासन कार्यालय कञ्चनपुर तथा धर्मराज उपाध्याय जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट कारागार कार्यालय कञ्चनपुर सरुवा भएका छन्। इन्द्रबहादुर खड्का धादिङ कारागारबाट जिल्ला प्रशासन कार्यालय धादिङ र नृपकान्त भण्डारी जिल्ला प्रशासन कार्यालय धादिङबाट कारागार कार्यालय धादिङ पुगेका छन्। नरेन्द्रसिंह कुँवर सिन्धुली कारागारबाट जिल्ला प्रशासन कार्यालय सिन्धुली तथा प्रविण कटुवाल जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट कारागार कार्यालय सिन्धुली सरुवा भएका छन्।

यस्तै, सुजनकुमारी बदेवा काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट डिल्लीबजार कारागार, बसन्तबहादुर खत्री गोरखा कारागारबाट जिल्ला प्रशासन कार्यालय गोरखा र चुडानिधि तिवारी जिल्ला प्रशासन कार्यालय गोरखाबाट कारागार कार्यालय गोरखा सरुवा भएका छन्। सुवास केसी तनहुँ कारागारबाट जिल्ला प्रशासन कार्यालय तनहुँ तथा सुवोधकुमार महतो नवलपरासी पश्चिम कारागारबाट जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिम सरुवा भएका छन्। रामकुमार सोनकर बाँके जिल्ला प्रशासन कार्यालयबाट कारागार कार्यालय बाँके तथा मानबहादुर साह कपिलवस्तु कारागारबाट जिल्ला प्रशासन कार्यालय कपिलवस्तु सरुवा भएका छन्।

विकल श्रेष्ठ सिरहा कारागारबाट जिल्ला प्रशासन कार्यालय सिरहा, सुरेश साह जिल्ला प्रशासन कार्यालय सिरहाबाट कारागार कार्यालय सिरहा, मोना झा जिल्ला प्रशासन कार्यालय सप्तरीबाट कारागार कार्यालय सप्तरी र रुपक मण्डल सप्तरी कारागारबाट जिल्ला प्रशासन कार्यालय सप्तरी सरुवा भएका छन्। अरुण तिमिल्सिना रामेछाप कारागारबाट जिल्ला प्रशासन कार्यालय रामेछाप तथा चुडामणि अर्याल जिल्ला प्रशासन कार्यालय रामेछापबाट कारागार कार्यालय रामेछाप सरुवा भएका छन्। राजु शर्मा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट कारागार कार्यालय कपिलवस्तु तथा टेकप्रसाद भण्डारी डिल्लीबजार कारागारबाट जिल्ला प्रशासन कार्यालय काठमाडौं सरुवा भएका छन्।

सिमाना रेग्मी तनहुँ जिल्ला प्रशासन कार्यालयबाट कारागार कार्यालय तनहुँ, अशोककुमार क्षेत्री महोत्तरी कारागारबाट सम्बन्धित कारागार व्यवस्थापन निकाय, दिलीपकुमार तामाङ कैलाली जिल्ला प्रशासन कार्यालयबाट कारागार कार्यालय कैलाली र कुलप्रसाद आचार्य चितवन जिल्ला प्रशासन कार्यालयबाट कारागार कार्यालय चितवन सरुवा भएका छन्। हरिकुमार थापा इलाम जिल्ला प्रशासन कार्यालयबाट कारागार कार्यालय इलाम, कृष्णदेव राय सर्लाही जिल्ला प्रशासन कार्यालयबाट कारागार कार्यालय सर्लाही तथा विशालकुमार चौधरी सर्लाही कारागारबाट जिल्ला प्रशासन कार्यालय सर्लाही सरुवा भएका छन्।

रमा कार्की दोलखा जिल्ला प्रशासन कार्यालयबाट कारागार कार्यालय दोलखा, गुणबहादुर भुजेल दोलखा कारागारबाट जिल्ला प्रशासन कार्यालय दोलखा, चन्द्रकुमार पौडेल काभ्रेपलाञ्चोक कारागारबाट जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक तथा सरोजप्रसाद पौडेल मकवानपुर जिल्ला प्रशासन कार्यालयबाट भीमफेदी कारागार सरुवा भएका छन्। जीवन निरौला भीमफेदी कारागारबाट जिल्ला प्रशासन कार्यालय मकवानपुर, नवीन सुवेदी पर्वत कारागारबाट जिल्ला प्रशासन कार्यालय पर्वत तथा चीनबहादुर रानाभाट जिल्ला प्रशासन कार्यालय पर्वतबाट कारागार कार्यालय पर्वत सरुवा भएका छन्।

समीर रेग्मी स्याङ्जा कारागारबाट जिल्ला प्रशासन कार्यालय स्याङ्जा, राजेन्द्रप्रसाद चापागाईं जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट सम्बन्धित कार्यालय, प्रतिज्ञा सुवेदी प्युठान कारागारबाट जिल्ला प्रशासन कार्यालय प्युठान तथा निरु नेपाली सम्बन्धित निकायबाट जिल्ला प्रशासन कार्यालय इलाम सरुवा भएका छन्। भगवानभक्त अर्याल पाल्पा कारागारबाट जिल्ला प्रशासन कार्यालय पाल्पा तथा रमा श्रेष्ठ जिल्ला प्रशासन कार्यालय पाल्पाबाट कारागार कार्यालय पाल्पा सरुवा भएका छन्।

वीरबहादुर सेजुवाल तुलसीपुर कारागारबाट जिल्ला प्रशासन कार्यालय दाङ, जनकप्रसाद भण्डारी जिल्ला प्रशासन कार्यालय दाङबाट तुलसीपुर कारागार तथा थमन खड्का घोराही कारागारबाट जिल्ला प्रशासन कार्यालय दाङ सरुवा भएका छन्। विजय गौतम जिल्ला प्रशासन कार्यालय दाङबाट घोराही कारागार, लक्ष्मी खरेल सुर्खेत कारागारबाट जिल्ला प्रशासन कार्यालय सुर्खेत, गीता बरैँ मगर जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट कारागार कार्यालय सुर्खेत, सन्तोष राय सम्बन्धित निकायबाट महोत्तरी कारागार, दीपेन्द्रबहादुर शाही बर्दिया कारागारबाट जिल्ला प्रशासन कार्यालय बर्दिया, लोकप्रसाद ढकाल जिल्ला प्रशासन कार्यालय बर्दियाबाट कारागार कार्यालय बर्दिया र नृपजंग शाही बाँके कारागारबाट सम्बन्धित जिल्ला प्रशासन/कारागार कार्यालयमा सरुवा भएका छन्।

तपाईको प्रतिक्रिया