सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी सेल्टरमा रहेका सुकुम्वासीहरूका लागि आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट थप उपचार आवश्यक देखिएका २३ जनालाई रिफर गरिएको छ । कीर्तिपुरस्थित राधा सत्संग शिविरबाट १७ जनालाई वीर अस्पताल र ६ जना बालबालिकालाई कान्ति बाल अस्पताल प्रेषण गरिएको हो । सुकुम्वासी व्यवस्थापन कार्यक्रमअन्तर्गत अस्थायी रूपमा स्थानान्तरण गरिएका नागरिकलाई लक्षित गरी मन्त्...

स्वास्थ्य स्वयमसेविकालाई साइकल सहयोग

स्वास्थ्य स्वयमसेविकालाई साइकल सहयोग
जीवछ यादव लहान, बैशाख १७ गते । लहान नगरपालिका वडा २० का नौजना स्वास्थ्य स्वयम सेविकालाई साइकल वितरण गरिएको छ । स्वास्थय चौकीसम्म आउन जान सहजताका लागि साइकल वितरण गरिएको वडा कार्यालयले जनाएको छ । साइकल पाउने स्वयमसेविकामा चन्द्रमाया सिंह, रञ्जुकुमारी महतो, इन्द्रकुमारी पासवान, रोखा ठाकुर, नुनुदेवी चौधरी, सञ्जीलाकुमारी महतो शान्ति देवी, रेखादेवी चौधरी र पुनमदेवी महतो रहेका छन् । साइकल पा...

मापदण्ड विपरीत सञ्चालनमा ‘प्राइम अस्पताल’, अनुगमनमा ढिलासुस्तीको आरोप

मापदण्ड विपरीत सञ्चालनमा ‘प्राइम अस्पताल’, अनुगमनमा ढिलासुस्तीको आरोप
विराटनगर — नेपाल सरकारको स्वास्थ्य संस्था सञ्चालन तथा मापदण्ड सम्बन्धी निर्देशिका, २०७७ ले अस्पताल सञ्चालनका लागि कडा मापदण्ड निर्धारण गरे पनि विराटनगरका केही निजी अस्पतालहरू ती मापदण्ड उल्लंघन गर्दै सञ्चालन भइरहेको पाइएको छ। निर्देशिकाअनुसार १५ देखि २५ शैयासम्मका अस्पताल सञ्चालन गर्न भूकम्प–प्रतिरोधी भवन, पर्याप्त पूर्वाधार, एम्बुलेन्सको सहज पहुँच, व्यवस्थित फोहोर व्यवस्थापन प्रणालीलगायतका आधा...

खाेप लगाउन छुटेका बालबालिकाका लागि वैशाखभर ‘खोज र खोप’ अभियान

खाेप लगाउन छुटेका बालबालिकाका लागि वैशाखभर ‘खोज र खोप’ अभियान
काठमाण्डाै – सरकारले वैशाख महिनाभर खोप लगाउन छुटेका बालबालिकाका लागि ‘खोज र खोप’ अभियान सञ्चालन गरेको छ । सरकारले नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिकालाई खोप लगाउनका लागि ‘खोज र खोप’ अभियान सञ्चालन गरेको स्वास्थ्य सेवा विभागको खोप तथा बाल स्वास्थ्य शाखाले जनाएको छ । खोज र खोप अभियानमा १५ महिनामा लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका ५ वर्षदेखि मुनिका बालबालिकालाई १३ प्रकारका रोगविरुद...

आज विश्व औलो दिवसः नेपालमा आयातित औलोका बिरामी बढी

आज विश्व औलो दिवसः नेपालमा आयातित औलोका बिरामी बढी
काठमाण्डौ – नेपालमा अन्य देशबाट फर्कँदा संक्रमित भएर आउने आयातित औलोका घटना बढी देखिने गरेका छन् । स्वास्थ्य विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाप्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार नेपालमा भेटिने औलो संक्रमणमध्ये ९७ प्रतिशत आयातित हुने गरेको छ । विशेषगरी भारत र अफ्रिकी देशबाट स्वदेश फर्कँदा धेरै मानिस संक्रमित भएर आउने गरेका छन् । आर्थिक वर्ष २०८१÷८२ मा ३...

विमानस्थल र प्रादेशिक अस्पताल निर्माण मुख्य प्राथमिकता : सांसद पोखरेल

विमानस्थल र प्रादेशिक अस्पताल निर्माण मुख्य प्राथमिकता : सांसद पोखरेल
काठमाडौं, वैशाख ४ गते । ओखलढुंगाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद विश्वराज पोखरेलले खिजिदेम्बा विमानस्थल र मानेभञ्ज्याङ गाउँपालिकास्थित प्रादेशिक अस्पताल निर्माण आफ्नो कार्यकालको मुख्य प्राथमिकता रहेको बताउनु भएको छ। काठमाडौंमा बिहीबार ओखलढुंगाका स्थानीय प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा उहाँले यस्तो प्रतिबद्धता जनाउनु भएको हो। सांसद पोखरेलका अनुसार जिल्लावासीले सडक, पुल, खानेपानी, स्वास्थ्...

स्वास्थ्य क्षेत्रकाे बजेट पाँच वर्षमा आठ प्रतिशत पुर्‍याइने

स्वास्थ्य क्षेत्रकाे बजेट पाँच वर्षमा आठ प्रतिशत पुर्‍याइने
काठमाडौं। सरकारले स्वास्थ्य क्षेत्रको बजेट हिस्सा २०८८ सालसम्म आठ प्रतिशत पुर्‍याउने प्रतिबद्धता जनाएको छ। सरकारले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतामा पाँच वर्षमा स्वास्थ्य क्षेत्रमा आठ प्रतिशत बजेट पुर्‍याउने उल्लेख छ। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कुल बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा विनियोजन गर्नुपर्ने हुन्छ। प्रतिबद्धतामा स्वास्थ्य बिमा कार्यक्रमलाई थप सुदृढ मोडलमा गुण...

एक अर्ब लगानीमा सलाइन उद्योग सुरु

एक अर्ब लगानीमा सलाइन उद्योग सुरु
विराटनगर, चैत २९ गते । कोशी प्रदेशकै पहिलो सलाइन उद्योगले व्यावसायिक उत्पादन सुरु गरेको छ । एक अर्ब रुपियाँभन्दा बढी लगानीमा मोरङको बुढीगङ्गा गाउँपालिका–२ मा ‘एलेक्सा लाइफ साइन्सेज’ ले सबै कानुनी प्रक्रिया पूरा गरी व्यावसायिक उत्पादन थालेको हो । स्वदेशी पुँजी र प्रविधिमा आधारित अन्तर्राष्ट्रिय मापदण्डको उद्योग सञ्चालनमा आएसँगै उद्योगमा १५० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । उद्योगले उ...

घुस लिएको आरोपमा वीर अस्पतालका लेखा अधिकृत दाहालविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा वीर अस्पतालका लेखा अधिकृत दाहालविरुद्ध मुद्दा दायर
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार दाहालले विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारको बिल भुक्तानी गर्दा घुस लिने गरेको सूचनाका आधारमा छापा मारेर उनलाई १ लाख २० हजार ८५० रुपैयाँसहित नियन्त्रणमा लिइएको थियो। अनुसन्धानका क्रममा...

चार जिल्लाका तेइस फार्ममा बर्डफ्लु

चार जिल्लाका तेइस फार्ममा बर्डफ्लु
केशवराज पौडेल ,काठमाडौँ, चैत २५ गते । तीन साताअघि मोरङको सुन्दरहरैँचा–४ र उर्लाबारी–८ बाट फैलिएको बर्डफ्लु (एच–फाइभ एन–वान) यतिबेला चार जिल्लाका २३ वटा व्यावसायिक फार्ममा फैलिएको पशुसेवा विभागले जनाएको छ । विभागका अनुसार मोरङमा आठ, सुनसरीमा १२, झापामा दुई र चितवनको एउटा व्यावसायिक कुखुरा फार्ममा बर्डफ्लु भेटिएको हो । व्यावसायिक फार्म नजिकै ठुला ठुला रुखमा आउने चरामा बर्डफ्लुको सङक्रमण भएको हुन...