दुहवी नगर आधारभूत अस्पतालको समुद्घाटन
रोशन पोखरेल, इटहरी । सुनसरीको दुहवी नगरपालिकामा नवनिर्मित १५ शय्याको दुहवी नगर आधारभूत अस्पताल सञ्चालनमा आएको छ ।
आइतबार दुहवी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले अस्पतालको औपचारिक उद्घाटन गरेपछि सञ्चालनमा आएको हो ।
गच्छदारले ग्रामीण क्षेत्रमा नै अत्याधुनिक उपकरणसहित न्यून शुल्कमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको बताए । दुहवीवासीको साथ, सहयोग र विश्वासकै ...









