उद्योग–क्याम्पस संवाद मञ्च’ गठन
उर्लाबारी । विद्यार्थीहरूलाई अध्ययनसँगै रोजगारी र उद्यमशीलताका अवसरसँग जोड्ने उद्देश्यसहित उर्लाबारी बहुमुखी क्याम्पसले ‘उद्योग–क्याम्पस संवाद मञ्च’ गठन गरेको छ। क्याम्पसको रोजगार प्रवर्धन, विद्यार्थी परामर्श तथा गुनासो सुनुवाइ उपसमितिको पहलमा आयोजित भेलाले ११ सदस्यीय मञ्च गठन गरेको हो।
क्याम्पसले स्थापना कालदेखि नै गुणस्तरीय तथा व्यावहारिक शिक्षामार्फत दक्ष जनशक्ति उत्पादन गर्दै आएको उल्लेख गर्द...









