काठमाण्डौ महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण

काठमाण्डौ महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण
काठमाण्डौ महानगरपालिकाले हिजो लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । छात्रवृत्ति परीक्षा समितिको आजको निर्णय अनुसार न्युनतम ४० अङ्क हासिल गर्ने उम्मेदवारहरूको प्रारम्भिक योग्यता क्रम सहितको नतिजा प्रकाशन गरिएको हो । यो छात्रवृत्ति महानगरपालिका अन्तर्गत सञ्चालनमा रहेका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३/०८४ मा कक्षा ११ र १२ मा अध्ययनका लागि हो । न...

नृत्योपासनाको वार्षिक मूल्याङ्कनमा सम्पन्न, सबै विद्यार्थी सफल

नृत्योपासनाको वार्षिक मूल्याङ्कनमा सम्पन्न, सबै विद्यार्थी सफल
विराटनगर, १७ जेष्ठ । विराटनगरको शनिहाटमा सञ्चालित नृत्य प्रशिक्षण विद्यालय (नृत्योपासनाले) विद्यार्थीहरुको वार्षिक मूल्याङ्कन सम्पन्न गरेको छ । विद्यालयले मुल्याङ्कन पश्चात उनीहरुलाई प्रमाणपत्र समेत वितरण गरेको छ । शुक्रबार भएको मूल्याङ्कन परीक्षामा नृत्योपासनामा प्रशिक्षण लिरहेका प्राथमिकदेखि पाँचौं वर्षसम्मका कुल ६ वटा ब्याचको वार्षिक मुल्याङ्कन गरिएको हो । वार्षिक मुल्याङ्कनमा पास भएका सबैजन...

उद्योग–क्याम्पस संवाद मञ्च’ गठन

उद्योग–क्याम्पस संवाद मञ्च’ गठन
उर्लाबारी । विद्यार्थीहरूलाई अध्ययनसँगै रोजगारी र उद्यमशीलताका अवसरसँग जोड्ने उद्देश्यसहित उर्लाबारी बहुमुखी क्याम्पसले ‘उद्योग–क्याम्पस संवाद मञ्च’ गठन गरेको छ। क्याम्पसको रोजगार प्रवर्धन, विद्यार्थी परामर्श तथा गुनासो सुनुवाइ उपसमितिको पहलमा आयोजित भेलाले ११ सदस्यीय मञ्च गठन गरेको हो। क्याम्पसले स्थापना कालदेखि नै गुणस्तरीय तथा व्यावहारिक शिक्षामार्फत दक्ष जनशक्ति उत्पादन गर्दै आएको उल्लेख गर्द...

शिक्षा मन्त्रालयलाई २१८ अर्ब ३० करोड बजेट

शिक्षा मन्त्रालयलाई २१८ अर्ब ३० करोड बजेट
काठमाडौं। सरकारले शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३८४ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन्।

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे
काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०र८१ मा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या छ लाख ७२ हजार ४८९ रहेकामा आर्थिक वर्ष २०८१र८२ मा १० दशमलव नौ प्रतिशतले बढेर सात लाख ४५ हजार ७७० पुगेको हो । आर्थिक सर्वेक्षण २०८२र८३ का अनुसार उच्च शिक्षा अध्ययनरत कूल विद्यार्थीमध्ये व्यवस्थापन सङ्कायमा सबैभन्दा बढी ५० दश...

विभिन्न विश्वविद्यालयको उपकुलपतिका लागि स्वीकृत उम्मेदवारको विवरण सार्वजनिक

विभिन्न विश्वविद्यालयको उपकुलपतिका लागि स्वीकृत उम्मेदवारको विवरण सार्वजनिक
काठमाडौँ- विभिन्न विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले माग गरेको दरखास्तमा परेका आवेदकमध्येबाट स्वीकृत उम्मेदवारको सूची सार्वजनिक गरिएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको समितिले ती विश्वविद्यालयका लागि माग गरिएका उम्मेदवारको कागजपत्र छानबिनपछि स्वीकृत उम्मेदवारको नामावली बुधबार सार्वजनिक गरेको हो । विवरणअनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका...

इजरायलमा २३ सय नेपाली कामदारका लागि रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन

इजरायलमा २३ सय नेपाली कामदारका लागि रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक तथा सुरक्षित गन्तव्यका रूपमा चिनिएको इजरायलले नेपाली कामदारका लागि ठूलो अवसर खुलाएको छ । नेपाल र इजरायल सरकारबीच भएको द्विपक्षीय श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा सहायक कामदार (केयरगिभर) का रूपमा काम गर्न २ हजार ३ सय नेपाली कामदारको माग गरिएको हो । वैदेशिक रोजगार विभागले बुधबार सार्वजनिक सूचना जारी गर्दै क...

बालअधिकार संरक्षणका लागि नगरपालिकाहरूको १५ बुँदे प्रतिबद्धता

बालअधिकार संरक्षणका लागि नगरपालिकाहरूको १५ बुँदे प्रतिबद्धता
बुटवल: नगरपालिकाका माध्यमबाट बालअधिकार संरक्षण, बाल विकास तथा बालमैत्री स्थानीय शासनलाई प्रभावकारी बनाउने उद्देश्यसहित नगरपालिकाहरूले १५ बुँदे समन्वयात्मक प्रतिबद्धता सार्वजनिक गरेका छन्। नेपाल नगरपालिकाका संघ, लुम्बिनी प्रदेशको पहलमा तयार गरिएको उक्त प्रतिबद्धतामा बाल संरक्षण, बाल सहभागिता, बाल विवाह न्यूनीकरणदेखि बालमैत्री शासन प्रणाली सुदृढीकरणसम्मका विषय समेटिएका छन्। प्रतिबद्धताअनुसार प...

एसईईमा ४ जीपीए ल्याउने स्वीकृतिलाई ५० हजार नगदसहित भव्य सम्मान, पञ्चायत माविको घोषणा– अब उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पढाइ !

एसईईमा ४ जीपीए ल्याउने स्वीकृतिलाई ५० हजार नगदसहित भव्य सम्मान, पञ्चायत माविको घोषणा– अब उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पढाइ !
पथरी शनिश्चरे, जेठ ५ — मोरङको पथरी शनिश्चरे–१ स्थित पञ्चायत माध्यमिक विद्यालय ले एसईई २०८२ मा ४ जीपीए ल्याएर उत्कृष्ट सफलता हासिल गर्ने छात्रा स्वीकृति निरौला लाई नगद ५० हजार रुपैयाँसहित भव्य सम्मान गरेको छ। विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा स्वीकृतिलाई फूलमाला, अविर, खादा तथा सम्मानपत्रसहित सम्मान गरिएको हो। सामुदायिक विद्यालयबाट ४ जीपीए ल्याउन सफल भएपछि स्वीकृति अहिले नगरकै चर्चित छात...

मोरङबाट एसईईमा ७९ जनाले ल्याए ४ जिपिए

मोरङबाट एसईईमा ७९ जनाले ल्याए ४ जिपिए
मोरङ – मोरङमा माध्यमिक शिक्षा परीक्षामा ४ जिपिए ल्याउने विद्यार्थीको संंख्यामा उल्लेख्य वृद्धि भएको छ। विराटनगरस्थित शिक्षा विकास तथा समन्वय इकाइ मोरङका अनुसार गत वर्षको तुलनामा यस पटक ७९ जनाले ४ जिपिए ल्याएका छन्। कार्यालयका अनुसार गत वर्ष १८ जना विद्यार्थीले ४ जिपिए ल्याएको इकाइले जनाएको छ। सामुदायिक विद्यालयतर्फ पोखरिया माध्यमिक विद्यालयबाट ४ सय ५६ परीक्षार्थीमध्ये ४ सय ५४ जना उत्तीर्ण भएका ...