बर्दियाको घटनाको अध्ययन गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

बर्दियाको घटनाको अध्ययन गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, मङ्सिर २० गते । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियाको बढैयाताल–४ को भकारी गाउँकी एक युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै मृत्युको बाटो रोजेको घटनाको छानबिन गर्न गृहमन्त्रीलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री कार्कीले यस घटनाको गहिराइमा पुगेर अध्ययन गर्न गृहमन्त्री ओमप्रकाश अर्याललाई निर्देशन दिनुभएको हो । घटनाले आफूलाई मर्माहत बनाएको उहाँको भनाइ छ । यो सबै घटनाप्रति उहाँले ...

रुपन्देही-२ मा उम्मेदवार बन्ने निकोलस भूसालको घोषणा

रुपन्देही-२ मा उम्मेदवार बन्ने निकोलस भूसालको घोषणा
२० मंसिर, बुटवल । निकोलस भनिने कमल भूसालले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी भूसालले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने बताए । २०७९ मा पनि रुपन्देही–२ मा उम्मेदवारी दर्ता गराए पनि छात्रवृत्तिमा चिकित्सा शास्त्र पढ्दा सरकारी कोषबाट रकम लिएको विषयमा उनीविरुद्ध उजुरी परेपछि उम्मेदव...

नयाँ पुस्ताको चाहना बुझेर राजनीतिक नेतृत्वले आफूलाई रूपान्तरण गर्नुपर्छ : राष्ट्रपति पाैडेल

नयाँ पुस्ताको चाहना बुझेर राजनीतिक नेतृत्वले आफूलाई रूपान्तरण गर्नुपर्छ : राष्ट्रपति पाैडेल
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ पुस्ताको चाहना अनुसार राजनीतिक नेतृत्वले आफूलाई रूपान्तरण गर्दै लैजान आवश्यक रहेको बताउनुभएको छ । ललितपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज शुभारम्भ गर्दै उहाँले युवा पुस्ताको चाहनालाई पूरा गर्न तथा देशको वर्तमान परिस्थितिलाई निकास दिनका लागि आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको चुनावलाई सफल बनाउन आह्वान पनि गर्नुभयो । ...

पराजयपछि उदाएको नेतृत्व : पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित

पराजयपछि उदाएको नेतृत्व : पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित
विराटनगर १५ मंसिर । गत बैशाखमा सम्पन्न विराटनगर एमाले महानगर कमिटीको उपाध्यक्षमा पराजित भए लगतै राम पोखरेल भनेका थिए,‘ पराजय राजनीतिक यात्राको अन्त्य होइन, शुरुवात हो ।’ महानगर उपाध्यक्षमा झिनो (९) मतान्तरले पराजित भएका उनले पराजयबाट आफ्नो राजनीतिक यात्रा शुरु भएको सामाजिक सञ्जाल मार्फत बताएका थिए । महानगर कमिटीको पदाधिकारीमा संस्थापन इतर समूह निर्वाचित हुँदा संस्थापन केपी ओली समूहबाट उपाध्य...

एमाले धनकुटामा प्रतिनिधि छनाेटमा विवाद

एमाले धनकुटामा प्रतिनिधि छनाेटमा विवाद
कविराज घिमिरे हिले, मङ्सिर १३ गते । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोटको क्रममा एमाले धनकुटामा विवाद भएको छ । प्रतिनिधिमा कुरा मिल्न नसक्दा मतपत्र च्यात्नेदेखि तालाबन्दीसम्म भएको केन्द्रिय सदस्य राजेन्द्र राईले बताउनुभयो । कार्यालयमा तालाबन्दी गर्ने क्रममा दुई समूहबिच विवाद भएको छ । महाधिबेशनका लागि धनकुटाबाट १३ जना प्रतिनिधि छनाेट हुने बताइएको छ । तालाबन्दी र मतपत्...

युवा प्रतिनिधिका रूपमा ११औँ महाधिवेशनमा युवा नेता राम पोखरेलको बलियो दावी

युवा प्रतिनिधिका रूपमा  ११औँ महाधिवेशनमा युवा नेता राम पोखरेलको बलियो दावी
विराटनगर, ६ मंसिर – नेकपा एमाले विराटनगरका युवानेता राम पोखरेलले पार्टीको आगामी ११औँ महाधिवेशनमा युवा प्रतिनिधिका रूपमा सहभागी हुने भएका छन ्। विराटनगर–८ का वडाध्यक्ष समेत रहेका पोखरेल लामो समयदेखि एमालेको संगठन विस्तार र युवा गतिविधिमा सक्रिय हुँदै आएका छन ।नेकपा एमालेमा उनको प्रतिनिधित्वले संगठनमा थप टेवा पुग्ने विश्वास छ ,। एमालेको महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ भने मं...

निर्वाचन आयोगले तोक्यो मतदाताको उमेरको ‘कट अफ डेट’

निर्वाचन आयोगले तोक्यो मतदाताको उमेरको ‘कट अफ डेट’
इटहरी । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाताको उमेरको निर्दिष्ट समय (कट अफ डेट) निर्धारण गरेको छ।आयोगले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट समय कायम हुने निर्णय गरेको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको विवरण यही मंसिर २० गते आयोगको वेबसाइट प्रकाशन गर्ने र त्यसम...

मधेशका ५ जना सांसदलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

मधेशका ५ जना सांसदलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश
काठमाण्डाै – सर्वोच्च अदालतले मधेश प्रदेशका पाँच जना सांसदलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले आज पाँच जना सांसदलाई पदमुक्त गर्ने निर्णय तत्काललाई कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले लगातार १० दिन बैठकमा उपस्थित नभएको भन्दै पाँच जना सांसदलाई पद...

रास्वपाको विस्तारित बैठकमा कावा सभापति र महामन्त्रीको प्रतिवेदन प्रस्तुत

रास्वपाको विस्तारित बैठकमा कावा सभापति र महामन्त्रीको प्रतिवेदन प्रस्तुत
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय विस्तारित बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेस गरेका छन्। आजदेखि सौराहामा सुरु गरिएको विस्तारित बैठकमा अर्यालले ३४ पृष्ठ लामो राजनीतिक प्रतिवेदन र महामन्त्री बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए । राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अर्यालले भदौ २४ गत...

चौँतिस स्थानीय तह अझै बजेटविहीन

चौँतिस स्थानीय तह अझै बजेटविहीन
काठमाडौँ, कात्तिक २१ गते । कात्तिकको तेस्रो साता पुग्न लाग्दासमेत चालु आर्थिक वर्ष २०८२/८३ का लागि ३४ वटा स्थानीय तहले बजेट सभाबाट पारित गर्न सकेका छैनन् । समयमै बजेट सम्बन्धित सभाबाट पारित गर्न नसक्दा दैनिक कामकाजमै अवरोध हुनका साथै कर्मचारीले तलब पनि पाउन सकेका छैनन् । गत असार १० गतेभित्र गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आआफ्ना गाउँ र नगर सभामा आर्थिक वर्ष २०८२/८३ का लागि अनुमानित आय तथा ...