विज्ञान र प्रविधिको विकासलाई द्रुत गतिमा अघि बढाउने नवनियुक्त मन्त्री पुनको प्रतिवद्धता

विज्ञान र प्रविधिको विकासलाई द्रुत गतिमा अघि बढाउने नवनियुक्त मन्त्री पुनको प्रतिवद्धता
काठमाण्डौ - नवनियुक्त विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै सिंहदरबारमा रहेको कार्यकक्षमा पुगेर हिजो मन्त्री पुनले पदभार ग्रहण गर्नुभयो । पदभार ग्रहण गर्दै मन्त्री पुनले मन्त्रालयको संगठन तथा व्यवस्थापन (ओएनएम) तयार गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो । उहाँले संरचना र कार्यदिशा तय गर्नै बाँकी रहेको भन्दै शून...

२६ दिनमै गृहमन्त्रीबाट राजीनामा दिएका सुधन ४७ दिनमा फेरि फर्किए

२६ दिनमै गृहमन्त्रीबाट राजीनामा दिएका सुधन ४७ दिनमा फेरि फर्किए
काठमाडौँ- पदभार ग्रहण गरेको २६ दिनपछि राजीनामा दिएका तत्कालीन गृहमन्त्री सुधन गुरुङ मंगलबार फेरि गृहमन्त्री बन्ने भएका छन्। वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा गरेका गुरुङले मंगलबार ४७ दिनपछि फेरि जिम्मेवारी सम्हाल्ने भएका हुन्। उनको शपथग्रहण मंगलबार केहीबेरमा हुने तयारी छ। विवादास्पद व्यवसायी दीपक भट्टसँग नाम जोडिएपछि गुरुङ विवादमा परेका थिए। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा...

प्रतिपक्ष कमजोर भए पनि संवैधानिक सन्तुलन भत्किन नदिन सरकारलाई लिङ्देनको आग्रह

प्रतिपक्ष कमजोर भए पनि संवैधानिक सन्तुलन भत्किन नदिन सरकारलाई लिङ्देनको आग्रह
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारलाई संवैधानिक शक्ति पृथकीकरणको सिद्धान्त, नियन्त्रण र सन्तुलनको व्यवस्थालाई भत्काउने काम नगर्न आग्रह गरेका छन् ।आज रास्वपाले बालेलाएको सर्वदलीय बैठक पछि बोल्दै उनले संसदमा प्रतिपक्ष गणितीय रूपमा कमजोर रहेकाले विकल्प नदेखिएको अवस्थामा सरकार अझ बढी जिम्मेवार र परिपक्व हुनुपर्ने बताए । उनले भने, ‘संसदमा अहिले प्रत...

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्रीले लिए शपथ
दाङ- लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सोमबार नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । पुनर्गठित मन्त्रिपरिषद्‍मा एमालेबाट चा...

संसदीय समितिमा नागढुंगा सुरूङको प्रगतिबारे छलफल हुने

संसदीय समितिमा नागढुंगा सुरूङको प्रगतिबारे छलफल हुने
काठमाडौं, २५ जेठ । संघीय संसद अन्तर्गतका दुई समितिका बैठक बस्दैँछ । संघीय संसद सचिवालय परिसर, सिंहदरवारमा उक्त बैठक बस्ने छन् ।  जसअनुसार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा नागढुङ्गा–सिस्नेखोला सुरूङ्गमार्ग सम्बन्धमा विभाग र आयोजनासँग छलफल हुनेछ । साथै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने कर्णाली प्रदेशमा भएको स्थल...

कोसी प्रदेशमा आइतबारको बिदा कटौती गर्ने तयारी, मुख्यमन्त्रीले मागे सुझाव

कोसी प्रदेशमा आइतबारको बिदा कटौती गर्ने तयारी, मुख्यमन्त्रीले मागे सुझाव
विराटनगर । कोसी प्रदेश सरकारले सातामा दुई दिन दिँदै आएको सार्वजनिक बिदा कटौती गर्ने तयारी गरेको छ। सरकारले यस विषयमा सरोकारवाला तथा सर्वसाधारणसँग औपचारिक सुझावसमेत माग गरेको छ। मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सामाजिक सञ्जालमार्फत मन्त्रालय र मातहतका कार्यालयहरूमा हप्ताको ६ दिन नै कार्यदिन कायम गर्ने विषयमा राय माग गरेका हुन्। मुख्यमन्त्री कार्कीले सातामा दुई दिन (शनिबार र आइतबार) बिदा दिन...

त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’को पार्किङ शुल्क नलाग्ने

त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’को पार्किङ शुल्क नलाग्ने
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा सवारी साधनको पार्किङ शुल्क नलाग्ने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा यात्रु पुर्‍याउन तथा लिन आउने सवारी साधनको आवश्यकतालाई हेरेर ‘पिक एण्ड ड्रप’ गर्दा १५ मिनेटसम्म शुल्क नलाग्ने व्यवस्था गरेको हो। विमानस्थल कार्यालयका प्रवक्ता सञ्जय कुमारले यात्रुको आवश्यकतालाई हेरेर ‘पिक एण्ड ड...

कार्यसूचीमा प्रवेश नगरी राष्ट्रियसभाको बैठक स्थगित

कार्यसूचीमा प्रवेश नगरी राष्ट्रियसभाको बैठक स्थगित
काठमाडौँ । कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ । नेपाल भारत सीमाका विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै सांसदहरूले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक स्थगित भएको हो । बैठकको आजको कार्यसूचीमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गर...

नेपाली सेना बालेनको पक्ष र सुकुम्वासीको विपक्षमा हुने होइन, मर्यादा राखोस्: ओली

नेपाली सेना बालेनको पक्ष र सुकुम्वासीको विपक्षमा हुने होइन, मर्यादा राखोस्: ओली
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली सेनाले बालेन (प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’)को पक्ष र सुकुम्वासीको विपक्षमा नभई आफ्नो मर्यादा राख्न सक्नुपर्ने बताएका छन्। बुधबार नेकपा एमालेको संगठन विभागले आयोजना गरेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशालालाई सम्बोधन गर्दै ओलीले सुकुम्वासी बस्तीमा डोजर चलाउँदा सेना परिचालन भएको विषयमा असन्तुष्ट जनाउँदै सेनालाई आ...

भारतले भन्यो– ‘नेपाल–भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका अस्वीकार्य’

भारतले भन्यो– ‘नेपाल–भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका अस्वीकार्य’
काठमाण्डाै – भारतले नेपालसँगको सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका नरहने बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले दुई छिमेकी देशबीचको आपसी मामिलामा तेस्रो पक्षको भूमिका नरहने बताउनुभएको हो । नयाँ दिल्लीमा रहेको विदेश मन्त्रालयमा आज आयोजित पत्रकार सम्मलेनमा प्रवक्ता जैसवालले सीमासम्बन्धी विषयहरूलाई दुई पक्षबाट नै हल गर्ने प्रयास भइरहेको उल्लेख गर्नुभयो । आइतवार प्रधानमन्...