वर्ल्डलिंक कम्युनिकेसनको वार्षिक कारोबार १२ अर्ब १३ करोड, क्रेडिट रेटिङमा स्तरोन्नति
काठमाडौं। इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसनले एक वर्षमै सवा १२ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८१/८२ (सन् २०२५) मा १२ अर्ब १३ करोड १० लाख रुपैयाँ बराबरको कारोबार गरेको हो।
कम्पनीको व्यवसाय विस्तार र वित्तीय प्रदर्शनमा देखिएको निरन्तर सुधारका आधारमा रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले वर्ल्डलिंकको पौने ३ अर्बको ऋण साख मूल्यांकन (क्रेडिट रेटिङ) स्तरोन्नति...









