सीमा क्षेत्रमा समन्वय सुदृढ गर्न ११ सदस्यीय समिति गठन
विराटनगर । सशस्त्र प्रहरी बल, नेपाल वि.ओ.पि. दरैयाको आयोजनामा सीमा क्षेत्रको सुरक्षा र व्यवस्थापन सुदृढ गर्ने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरिएको छ।
आज सम्पन्न कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, विभिन्न सुरक्षा निकायका अधिकारी, समाजसेवी, पत्रकार तथा स्थानीय भद्रभलादमीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम वि.म.न.पा.–१६ का वडा अध्यक्ष उद्धव भुजेलको अध्यक्षतामा सम्पन्...









