१० सहकारीका १९७ बचतकर्ताले पाए रकम फिर्ता

१० सहकारीका १९७ बचतकर्ताले पाए रकम फिर्ता
काठमाडौं। विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम फिर्ता पाएका छन्। राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अनुसार सम्बन्धित सहकारी संस्थाका बचतकर्ताको प्रक्रिया पूरा गरी रोकिएको बचत रकम फिर्ता गरिएको हो। प्राधिकरणका अनुसार ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्थाका मात्रै १७४ बचतकर्ताले रकम फिर्ता पाएका छन्। बाँकी ९ सहकारी संस्थाका २३ बचतकर्तालाई विभिन्न परिमाणमा बचत रकम फिर्ता गरिएको प्रा...

पथरीशनिश्चरे उपमेयरको एक्सन : लुकाएर राखिएको १९ सिलिन्डर ग्याँस बरामद

पथरीशनिश्चरे उपमेयरको एक्सन : लुकाएर राखिएको १९ सिलिन्डर ग्याँस बरामद
मोरङ, २७ साउन । पथरी बजार अनुगमनको क्रममा लुकाएर राखिएको १९ वटा भरिएका एलपी ग्याँस सिलिन्डर बरामद गरिएको छ  ।   बुधबार पथरीशनिश्चरे नगर उपप्रमुखको नेतृत्वले ग्यास डिपोको अनुगमन गर्दा एउटै डिपो बाट सो परिणामको ग्यास बरामद गरिएको हो ।   पथरी शनिश्चरे नगरपालिका–१ स्थित रत्नचौकमा रहेको कोशी ग्याँस डिलरको विक्रेता भुल्केदेवी ट्रेड एण्ड सप्लायर्सका सञ्चालकले आफ्नै घरमा लुकाएर राखेको अवस्थामा...

विराटनगर जुट मिल पुनः सञ्चालन गर्न सात सदस्यीय अध्ययन कार्यदल बन्यो, आर्थिक, प्राविधिकसहितको विकल्प सिफारिस हुने

विराटनगर जुट मिल पुनः सञ्चालन गर्न सात सदस्यीय अध्ययन कार्यदल बन्यो, आर्थिक, प्राविधिकसहितको विकल्प सिफारिस हुने
काठमाडौं। चारमहिने कार्यकालमा हेटौंडा कपडा, दुग्ध विकास संस्थान, नेपाल औषधी लिमिटेड, सिंहदरबार वैद्यखाना दौडिन थालेकोलाई उपलब्धि ठानेर सामाजिक सन्जाल पोस्टाएका प्रधानमन्त्री बालेन्द्र शाहको सरकारले विराटनगर जुट मिल पुनः सञ्चालन गर्न अध्ययनका लागि कार्यदल गठन गरेको छ। सरकारले उद्योग चलाउन हुने÷नहुने बहस चलिरहेका बेला कुनै समय भारत र बंगलादेशमा निर्यात हुने इतिहास बनेको विराटनगर जुटमिल सञ्चालन गर...

रौतहटमा खोलामा बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जना मृत फेला

रौतहटमा खोलामा बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जना मृत फेला
काठमाडौँ– रौतहटको देवाही गोनाही नगरपालिका १ करुनियास्थित लालबकैया खोलामा नुहाउनेक्रममा बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव भेटिएको छ। मंगलबार करुनिया निवासी करमे आलमका करिब १० वर्षीय छोरा महमद रमतुलाह, हिसी अकतरकी करिब १० वर्षीया छोरी सबनम खातुन र शेख खुर्सैदकी करिब १० वर्षीया छोरी रौशन खातुन पानीमा डुबेर बेपत्ता भएका थिए। उनीहरूमध्ये महमद रमतुलाह र सबनम खातुन बुधबार मृत फेला परेको ...

विमानस्थलमै लगेज छाडेर भाग्न खोज्ने दुई भारतीय पक्राउ, १८ केजी गाँजा बरामद

विमानस्थलमै लगेज छाडेर भाग्न खोज्ने दुई भारतीय पक्राउ, १८ केजी गाँजा बरामद
काठमाडौं। नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ केजी गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। थाइल्यान्डको बैंककबाट हङकङ ट्रान्जिट हुँदै आएका उनीहरुको साथबाट प्रहरीले गाँजा बरामद गरेको हो। मंगलबार राती गाँजा लिएर आएका २ जना भारतीय नागरिकलाई पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले बताए। पक्राउ पर्नेमा क्याथे प्यास...

पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने पति पक्राउ

पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने पति पक्राउ
कर्णाली।पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्ने पतिलाई पक्राउ गरिएको छ। भेरीगंगा नगरपालिका–१३ सुर्खेत रामघाटका ५० वर्षीय महेश्वरी रानालाई शरीरमा पेट्रोल छर्केर आगो लगाउने उनका पति ४९ वर्षीय जयबहादुर रानालाई प्रहरीले पक्राउ गरेको हो । मंगलबार बेलुका ५ः०० बजे शरीरमा पेट्रोल छरी आगो सल्काएको अवस्थामा १८ वर्षीया छोरी पुष्पा रानाले आमाको शरीरमा लागेको आगो निभाएकी हुन्। तत्काल शरीरको आगो न...

यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व

यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व
इलाम।यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३ मा १४ करोड ६३ लाख ९६ हजार १४४ राजस्व संकलन गरेको छ। कार्यालयले अघिल्लो आवभन्दा गत आवमा ८१ लाख ९२ हजार ६२७ ले बढी राजस्व संकलन गरेको लेखा शाखा प्रमुख पूर्ण राईले जानकारी दिए। यो अघिल्लो आवको तुलनामा पाँच दशमलव ६ प्रतिशतले बढी हो। कार्यालयले अघिल्लो आव ०८१÷८२ मा १३ करोड ८२ लाख तीन हजार ५१७ राजस्व संकलन गरेको थियो। त्यसअघि आव ०८०÷...

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने अर्थमन्त्रीको जोड

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने अर्थमन्त्रीको जोड
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र ‘डिजिटलाइजेसन’ गरी सुरक्षित गरिनुपर्ने बताएका छन्। प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको आजको बैठकमा गतवर्ष भदौ २३ र २४ गते जलेका स्रेस्ताका कारण १७९ कार्यालयको महालेखापरीक्षकको कार्यालयले लेखापरीक्षा गर्न नसकेको विषयको छलफलका क्रममा उनले पहिले सरकारी कागजातलाई ‘डिजिटाइज’ र ‘डिजिटलाइजेसन’ गरी सुरक्षित बनाएर राख्नुपर्नेमा ज...

पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति, एक सुरक्षा गार्ड बेपत्ता

पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति, एक सुरक्षा गार्ड बेपत्ता
म्याग्दी, २६ साउन। अन्नपूर्ण गाउँपालिका, ६ घारको पोखरेबगर स्थित १४ मेगावाट क्षमताको घारखोला जलविधुत आयोजनाको पावरहाउस पहिरोले पुरेको छ । पहिरोमा परी एक जना सुरक्षा गार्ड वेपत्ता रहेको आशंका छ ।  राती ३ बजे पावरहाउसको पछाडी रहेको ल्यासीको भीरबाट रकफल भै खस्दा पावरहाउसमा क्षती पुग्नुको साथै त्यहाँ सुरक्षार्थ खटिएका खिमबहादुर वरुवाल (दिपक) सम्पर्कमा नआएको स्थानीय प्रेमबहादुर बरुवालले बताए । ‘रात...

सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन आग्रह

सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन आग्रह
काठमाडौँ । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसद्को अभिलेखबाट हटाउन आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले आ–आफ्नो आसनबाट उठेर विरोध जनाएपछि सभामुखले दलीय आधारमा बोल्न समय दिएका थिए । सांसदहरूले गत जेठ १७ गते प्रधानमन्त्रीले संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्तिबारे हालसम्म स्पष्ट जवाफ नआएको भन्दै सच्...