विद्यार्थी तथा शिक्षक सँग बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल सम्पन्न
विराटनगर, भदौ ११ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा विराटनगर–२ स्थित जनता नमुना माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीसँग बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनले बीमा आर्थिक जोखिम न्यूनीकरणको महत्वपूर्ण माध्यम भएकाले...









