काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशनमा खुलातर्फबाट उपसभापति पदमा सर्वाधिक मत प्राप्त गरी विजयी भएका चन्द्र भण्डारीले आफूलाई विश्वास गरेर मत दिने महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् ।

भण्डारीले सामाजिक सञ्जालमार्फत धन्यवाद दिँदै आफूले प्राप्त गरेको विश्वासको शिर कहिल्यै झुक्न नदिने प्रतिबद्धता जनाएका हुन् ।

उनले ‘विश्वासको शिर कहिल्यै झुक्ने छैन’ भन्दै महाधिवेशनमा सहभागी भएर आफूलाई अमूल्य मत दिने प्रतिनिधि तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरेका छन् । उनले सधैँ ‘म’ होइन, ‘हामी’ र ‘हाम्रो’ भन्ने भावनाका साथ अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया