पाँचथरमा बस्ती जोगाउन तीन करोड लागतमा तटबन्ध निर्माण

पाँचथरमा बस्ती जोगाउन तीन करोड लागतमा तटबन्ध निर्माण
पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमास्थित हेंवा खोला किनारमा रहेको माझीटार बस्ती जोगाउन तटबन्ध निर्माण सम्पन्न भएको छ । सिँचाइ तथा जलस्रोत आयोजना कार्यालय झापाले माझीटारको बस्ती र खेतीयोग्य जमिन संरक्षणका लागि हेंवा खोलाको दुवैतर्फ तटबन्ध निर्माण गरेको हो । हिलिहाङ गाउँपालिकातर्फ १८० मिटर र फिदिम नगरपालिकातर्फ ९६ मिटर लामो तटबन्ध निर्माण गरिएको आयोजना कार्यालयका प्राविधिक दिन...

चीनबाट थुलुङ दुधकोशीलाई रु. २ करोड १७ लाखका स्काभेटर र रोलर अनुदान

चीनबाट थुलुङ दुधकोशीलाई रु. २ करोड १७ लाखका स्काभेटर र रोलर अनुदान
सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले चीनको डिङ्ग्री राज्यबाट रु. २ करोड १७ लाख बराबरका एक स्काभेटर र एक रोलर अनुदानस्वरूप प्राप्त गरेको छ। सोमबार तातोपानीस्थित नेपाल–चीन सीमा क्षेत्रमा आयोजित हस्तान्तरण कार्यक्रममा चीनका सहायक गभर्नर ल्थष् न्गष् ले थुलुङ दुधकोशी गाउँपालिकासँगको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिँदै आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धत...

एक दिवसीय अभ्यास खेलमा नेपालले जर्सीलाई ८१ रनले हरायो

एक दिवसीय अभ्यास खेलमा नेपालले जर्सीलाई ८१ रनले हरायो
काठमाण्डौ - नेपालले एक दिवसीय अभ्यास खेलमा जर्सीलाई ८१ रनले हराएको छ । गए राति भएको खेलमा नेपालले दिएको २५१ रनको लक्ष्य पछ्याएको जर्सी ४१ ओभरमै १६९ रनमा अलआउट भयो । जर्सीका लागि चार्ली ब्रेननले अविजित ८२ तथा डानियल बिरेलले ४१ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । नेपालको जितमा ओपनर कुशल भुर्तेलले १०५ को शतकीय पारी खेले । भीम सार्कीले ३९ रनको योगदान गरे । टस हारेर पहिला ब्याटिङ गरेको नेप...

आजको राशिफलः बिसं २०८३ असार ३० गते मंगलवार

आजको राशिफलः बिसं २०८३ असार ३० गते मंगलवार
आजको राशिफलः बिसं २०८३ असार ३० गते मंगलवार, ई सं २०२६ जुलाई १४, नेपाल सम्बत ११४६ तछलागा औंसी, असार कृष्ण औंसी, पञ्चाङ्गः व्याघात चतुष्पद पुनर्वसु, चन्द्रमा मिथुन राशिमा, सुर्य मिथुन राशीमा, योगः व्याघात, करणः नाग । आज नेपालमा सुर्योदय बिहान ५ः१७ मिनेटमा र सूर्यास्त साँझ ७ः०० मिनेटमा हुनेछ ।   आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तुलसीको पत्ता खाएर जुनसुकै दिशाको यात्रा गरे पनि...

कोशी प्रदेश पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

कोशी प्रदेश पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
विराटनगर । कोशी प्रदेशलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको प्रदेशका रूपमा घोषणा गरिएको छ ।कोशी प्रदेशका सबै १४ जिल्ला, १३७ स्थानीय तह र १ हजार १५७ वडाले पूर्णखोप सुनिश्चितता घोषणा गरेपछि प्रदेशस्तरीय घोषणा कार्यक्रम सम्पन्न गरिएको हो । स्वास्थ्य मन्त्रालय, कोशी प्रदेश सरकार तथा प्रदेश खोप समन्वय समितिको सचिवालय, स्वास्थ्य निर्देशनालय धनकुटाको आयोजनामा भएको कार्यक्रममा प्रदेशका मुख्यमन्त्री...

मुख्यमन्त्री बानियाँ द्वारा श्री चक्रज्योती माबी काभ्रेको भवन उद्घाटन

मुख्यमन्त्री बानियाँ द्वारा श्री चक्रज्योती माबी काभ्रेको भवन उद्घाटन
हेटौँडा । श्री चक्रज्योति माध्यमिक विद्यालयकाे भवन उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । त्यसैगरी बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय कञ्चनचन्द्र वादे तथा सामाजिक विकास मन्त्रालयका सचिव खुबीराम अधिकारी विश...

खरिपाटी होल्डिङ सेन्टर पुगे मन्त्रीहरू, पत्रकारलाई प्रवेशमा रोक

खरिपाटी होल्डिङ सेन्टर पुगे मन्त्रीहरू, पत्रकारलाई प्रवेशमा रोक
काठमाडौं । सुकुम्बासी व्यवस्थापनलाई लिएर सरकारको आलोचना चुलिएपछि मन्त्रीहरूको टोली आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टर पुगेको छ। तर भ्रमणका क्रममा सञ्चारकर्मीलाई होल्डिङ सेन्टरभित्र प्रवेश गर्न नदिइएपछि सरकारको पारदर्शितामाथि प्रश्न उठेको छ। गृहमन्त्री सुधन गुरुङ, भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, शिक्षामन्त्री सस्मित पोखरेल तथा सामाजिक सुरक्षा मन्त्री सीत...

उद्योग वाणिज्य सङ्घ इटहरीको अध्यक्षमा गायत्री

उद्योग वाणिज्य सङ्घ इटहरीको अध्यक्षमा गायत्री
इनरुवा(सुनसरी)- उद्योग वाणिज्य सङ्घ इटहरीको अध्यक्षमा गायत्री कटुवाल भण्डारी निर्वाचित भएकी छन् । आइतबार राति सम्पन्न भएको मतगणनाअनुसार भण्डारीले आफ्ना निकटतम् प्रतिस्पर्धी नवराज काफ्लेलाई १५ मतले पराजित गर्दै निर्वाचित भएकी निर्वाचन समितिका संयोजक टङ्क दुलालले जानकारी दिए। अन्तिम मतपरिणामअनुसार भण्डारीले ७५८ मत प्राप्त गरेकी थिइन् भने काफ्लेले ७४३ मत प्राप्त गरेका उनले जानकारी दिए। त्यसै...

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो
दामैली (तनहुँ)- असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती नजिकिँदै जाँदा जन्मस्थलमा सरसफाइ हुन्छ, रङरोगन गरिन्छ, विभिन्न सांस्कृतिक तथा साहित्यिक कार्यक्रमको तयारी सुरु हुन्छ । साहित्यकार, विद्यार्थी, राजनीतिक नेतृत्व र सर्वसाधारणको आवतजावत बढ्छ । तर जयन्ती सकिएपछि फेरि त्यही जन्मथलो सुनसान बन्छ । वर्षभर नेपाली भाषाका महाकवि जन्मिएको यस पवित्र स्थल ओझेलमै पर...

सडक अवरुद्ध हुँदा इलामको यातायात सम्पर्क विच्छेद

सडक अवरुद्ध हुँदा इलामको यातायात सम्पर्क विच्छेद
कोकिला ढकाल इलाम, असार २९ गते। दुई दिनयता निरन्तर परेको वर्षाका कारण इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसँगको सडक सम्पर्क विच्छेद भएको छ। मेची राजमार्गअन्तर्गत माइखोला स्थित राजदुवाली सडक खण्डमा चार दिनदेखि ठुला सवारीसाधन सञ्चालन हुन सकेका थिएनन्। आइतबार मोटरसाइकललाई आवतजावत गर्न दिइए पनि सोमबार सडक थप भासिएपछि सबै प्रकारका सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द भएको छ। राजदुवाली खण्डको वैकल्प...