काठमाडौँ। दसैँ बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधी वितरण कार्यक्रम सरेको छ।

स्वास्थ्य सेवा विभागका अनुसार कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गरिनेछ। अभियानमा ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधी खुवाइनेछ।

यसअघि कार्यक्रम कात्तिक २ र ३ गते सञ्चालन गर्ने तालिका थियो। विभागले निर्धारित मितिमा नजिकैको केन्द्रमा लगेर आफ्ना बालबालिकालाई औषधी खुवाउन अभिभावकलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया