काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न नौ शक्तिपीठमा पूजाआराधना एवं दर्शन गरेका छन्।

राष्ट्रपति पौडेलले सोमबार काठमाडौँस्थित नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, शोभाभगवती र इन्द्रायणी गरी नौ शक्तिपीठमा पुगेर पूजाआराधना गरेका हुन्।

पूजाआराधनाका क्रममा राष्ट्रपति पौडेलले सम्बन्धित शक्तिपीठका पुजारीहरूबाट टीका तथा प्रसाद ग्रहण गरेका थिए।

शक्तिपीठहरूको दर्शन तथा पूजाआराधनाका क्रममा राष्ट्रपति पौडेलसँगै प्रथम महिला सविता पौडेलको पनि उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया