काठमाडौं। दसैंको सार्वजनिक बिदामा अधिकांश बैंक तथा वित्तीय संस्थाले ग्राहकको आवश्यकतालाई लक्षित गर्दै केही शाखा कार्यालय सञ्चालनमा राखेका छन्। दसैंका बेला बैंकिङ सेवा प्रभावित हुन नदिन बैंकहरूले देशभरका विभिन्न स्थानमा रहेका शाखा कार्यालय खुला राखेका हुन्।

वाणिज्य बैंक तथा विकास बैंकहरूले सूचना जारी गर्दै दसैं बिदामा सञ्चालनमा रहने शाखा कार्यालयबारे ग्राहकलाई जानकारी गराएका छन्। बैंकहरूले ग्राहकको सहजता र आवश्यकतालाई ध्यानमा राख्दै निश्चित शाखाबाट नियमित बैंकिङ सेवा उपलब्ध गराउने व्यवस्था मिलाएका हुन्।

ग्लोबल आईएमई, नबिल बैंक, प्रभु बैंक, सिद्धार्थ, नेपाल एसबिआईलगायतका बैंकले सातै प्रदेशका विभिन्न शाखा सञ्चालनमा रहेको बताएका छन्।

तपाईको प्रतिक्रिया