सुनसरी – जिल्ला प्रहरी कार्यालय सुनसरीले एम्बुलेन्सबाट ओसारपसार भइरहेको गाँजा बरामद गरेको छ।
कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार आइतबार राति साढे १२ बजे दुहबी नगरपालिका-६ स्थित बुढीखोलाको किनारमा एम्बुलेन्सबाट ५७४ किलोभन्द बढी गाँजा बरामद भएको हो।
एम्बुलेन्सबाट इटहरी हुँदै विराटनगरतर्फ गाँजा ओसारपसार भइरहेको सूचनाअनुसार राति सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गरेको थिय।
सोही क्रममा प्रहरीलाई देखेपछि भाग्ने क्रममा ना ४ च ६०६३ नम्बरको एम्बुलेन्सलाई बुढी खोला किनारमा छाडेर चालक फरार भएका थिए।
खोला किनारमा भेटिए को सोही एम्बुलेन्सबाट ५ टनभन्दा बढी परिमाणको गाँजा बरामद भएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए।





