गृहमन्त्री सुधन गुरुङ र जापानी राजदूतबीच भेट
काठमाडौं- माननीय गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका महामहिम राजदूत तोरु मायदाबीच बुधबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
भेटका अवसरमा राजदूत तोरुले गृहमन्त्री गुरुङलाई नयाँ कार्यकालको सफलताका लागि बधाई तथा शुभकामना व्यक्त गरे।
भेटघाटका क्रममा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण तथा ऐतिहासिक सम्बन्धका विविध पक्षमा छलफल भएको थियो। जापान सरकारले नेपालको आर्थिक...









