काठमाडौं। अमेरिका, इजरायल र इरानबीचको युद्धका कारण सरकारले बन्द इजरायलसहितका चार मुलुकको श्रम स्वीकृति पुनः खुलाएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार मन्त्रीस्तरीय निर्णयपछि इजरायल, कुवेत, बहराइन र लेबनानमा बन्द गरिएको श्रम स्वीकृति पुनः खुलाइएको हो।
वैदेशिक रोजगार विभागका अनुसार गत फागुन १७ मा सरकारले मध्यपूर्व तथा खाडी क्षेत्रमा उत्पन्न विषम परिस्थितिलाई दृष्टिगत गर्दै वैदेशिक रोजगारीका लागि प्रदान गरिने व्यक्तिगत र संस्थागत श्रम स्वीकृति स्थगन गरिएको थियो।
यसअघि साउदी अरेबिया, युएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीको पुनः श्रम स्वीकृती सुचारु गरिएकामा बाँकी देश इजरायल, कुवैत, बहराइन र लेबनानको समेत पुनः श्रम स्वीकृति खुलाइएको विभागले जनाएको छ।
इराकको हकमा भने गत पुसको मन्त्रिपरिषद् निर्णयबमोजिम हुने गरी श्रम स्वीकृति दिइनेछ।







