प्रलाद चौहानलाई ‘युनिभर्सल बुक अफ वल्र्ड रेकर्ड’को सम्मान
काठमाडौं । नेपालमा युवा उमेरमै रहर लाग्दो व्यवसायिक सफलता हासिल गरेर सबैको मन जितेका परशुराम चौहान ‘प्रलाद’ले विश्व मञ्चमा कीर्तिमान कायम गरेका छन् । आफ्नै बलबुताले नेपालमा प्रभावशाली युवा उद्यमी बन्न सफल प्रलाद अन्तर्राष्ट्रिय स्तरको ‘युनिभर्सल बुक अफ वल्र्ड रेकर्ड’बाट सम्मानित हुँदै कीर्तिमान कायम राख्न सफल भएका हुन् । बहुक्षेत्रीय स्वास्थ्य सेवा, डायग्नोस्टिक्स तथा परामर्श व्यवसायमा नेतृत्वदायी...








