काठमाडौँ – सरकारले सशस्त्र प्रहरी बलको १३ औँ महानिरीक्षक (आइजिपी) मा नारायणदत्त पौडेललाई नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई आइजिपीमा नियुक्त गर्ने निर्णय गरेको हो।

वैशाख १९ गतेदेखि लागू हुने गरी सरकारले पौडेललाई आइजिपीमा नियुक्त गरेको हो।

सशस्त्रका हालका आइजिपी राजु अर्याल आफ्नो चार वर्षे कार्यकाल पूरा गरी वैशाख १८ गते अवकाशमा जाँदै छन्।

तपाईको प्रतिक्रिया