कोशी अस्पतालमा प्रशासनको छड्केः हाजिर गर्ने डाक्टर पनि कता छन् कता
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालका चिकित्सकहरू सरकारी सेवाभन्दा निजी क्लिनिकमा बढी केन्द्रित भएको जनगुनासो आएपछि बुधबार जिल्ला प्रशासन कार्यालय मोरङले छड्के अनुगमन गरेको छ । अनुगमनका क्रममा अस्पतालको अवस्था अत्यन्तै लथालिङ्ग र भद्रगोल पाइएको छ ।
बुधबार बिहान ११ बजेतिर अस्पताल पुग्दा एक अचम्मको दृश्य देखियो । अस्पतालका कर्मचारी र चिकित्सकहरू ‘सरसफाई सप्ताह’ मनाउन भन्दै कार्यालयको बाहिरी भाग ...









