कोशीको भौतिक मन्त्रालयद्वारा चार अर्ब बेरुजु फर्छ्यौट
खेमराज सापकोटा
विराटनगर, साउन १० गते । कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक अनुशासन र पारदर्शितातर्फ कदम चालेको देखिएको छ । एक वर्षको अवधिमा यो मन्त्रालयले कुल पाँच अर्ब ९५ करोड रुपियाँभन्दा बढी बेरुजुमध्ये चार अर्ब एक करोड ४४ लाख रुपियाँभन्दा बढी बेरुजु फर्छ्यौट गर्न सफल भएको हो ।
मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री भूपेन्द्र राईले बेरुजु फर्छ्यौटको त...









