आज पनि सुनचाँदीको भाउ घट्यो

आज पनि सुनचाँदीको भाउ घट्यो
काठमाण्डौ - आज सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा ५ हजार ५०० रुपैयाँ घटेर २ लाख ८५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा २ लाख ९० हजार ५०० मा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि २१५ रुपैयाँ घटेको छ । आज चाँदी तोलाको ४ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तोलाको ५ हजार ८० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

१ वर्षमा उद्योग दर्ता झन्डै १२ प्रतिशतले बढ्याे

१ वर्षमा उद्योग दर्ता झन्डै १२ प्रतिशतले बढ्याे
काठमाण्डाै – नेपालमा १ वर्षमा उद्योग दर्ता झन्डै १२ प्रतिशतले बढेको छ । २०८१ फागुनसम्म ९ हजार ९६३ उद्योग दर्ता भएकामा २०८२ सालको फागुनसम्ममा याे सङ्ख्या ११ हजार १४० वटा पुगेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सङ्घीय संसदमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणअनुसार ठूला उद्योगको हिस्सा १३ दशमलव ९ प्रतिशत छ । यस्तै २० प्रतिशत मझौला र ६६ दशमलव १ प्रतिशत साना उद्योग ...

बिमा प्राधिकरण अध्यक्षका लागि दरखास्त खुल्यो, न्यूनतम योग्यता स्नातकोत्तर र पाँचवर्षे अनुभव अनिवार्य

बिमा प्राधिकरण अध्यक्षका लागि दरखास्त खुल्यो, न्यूनतम योग्यता स्नातकोत्तर र पाँचवर्षे अनुभव अनिवार्य
काठमाडौं। सरकारले नेपाल बिमा प्राधिकरण अध्यक्ष पदका लागि योग्य उम्मेदवारको दरखास्त माग गरेको छ। प्राधिकरणमा अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आज सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो। सूचनाअनुसार बिमा ऐन, २०७९ को दफा ८ को उपदफा (१) बमोजिम बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा ...

आज सुनचाँदीको भाउ घट्यो

आज सुनचाँदीको भाउ घट्यो
काठमाण्डौ - आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा एक हजार ३०० रुपैयाँले घटेको हो । हिजो सुनको भाउ तोलामा २ लाख ९२ हजार ८०० रुपैयाँ रहेकोमा आज घटेर तोलाको २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको ५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ९० रुपैयाँ घटेको हो । यससँगै आज चाँदी ५ हजार ६० रुपैयाँमा ...

साइबर ब्यूरोको सुस्त कार्यशैली : उजुरी दिएको सात महिनासम्म पनि भएन कारवाही

साइबर ब्यूरोको सुस्त कार्यशैली : उजुरी दिएको सात महिनासम्म पनि भएन कारवाही
जनकपुर । जनकपुरधामको जानकी मन्दिरका उत्तराधिकारी छोटे महन्त रामरोशन दास वैष्णवले नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटीमाथि प्रश्न उठाएका छन् । आइतबार जानकी मन्दिरमै पत्रकार सम्मेलन गर्दै महन्त दासले करिब सात महिना पहिला २०८२ साल कार्तिक महिनाको ९ गते साइबर ब्यूरोको कार्यालयमा पुगेर दिएको उजुरीमा हालसम्म कुनै कारवाही नभएको गुनासो गर्दै ब्यूरोको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् । उनले एक वर्ष ...

किस्ता तिर्न नसकेपछि पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ बनाउँदै गरेको शुभ इन्टरनेसनल संकटमा

किस्ता तिर्न नसकेपछि पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ बनाउँदै गरेको शुभ इन्टरनेसनल संकटमा
काठमाडौं। बैंकबाट लिएको ऋणको किस्ता तिर्न नसकेपछि शुभ इन्टरनेसनल वित्तीय संकटमा परेको छ। विराटनगरमा निर्माणाधीन पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ सञ्चालनको तयारीमा रहेको शुभ इन्टरनेसनल हस्पिटालिटीले करिब सवा अर्ब रुपैयाँ बैंकबाट लिएको ऋणको किस्ता समयमै बुझाउन नसकेको इक्रा नेपालले उल्लेख गरेको हो। बैंकको ऋण र ब्याज भुक्तानीमा ढिलाइ गरेको भन्दै रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई ‘डिफल्ट’ (कर्...

वीरगन्ज भन्सारबाट १० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो

वीरगन्ज भन्सारबाट १० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो
पर्सा। वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा सात खर्ब ९४ अर्ब ८७ करोड मूल्य पर्ने वस्तु तथा समान आयात भएको छ। गत आवको १० महिनाको तुलनामा चालु अवधिको सोही अवधिमा यो नाका हुँदै एक खर्ब दुई अर्ब ४४ करोड अर्थात् १५ प्रतिशत बढी सामान भित्रिएको हो। वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगन्ज हुँदै हुने आयातमा बढोत्तरी भएको बताए। उनले चालु आवको पेटोलियम पदार्...

प्रविधि विकासलाई बजेट विनियोजन गर्न सांसदहरूको माग

प्रविधि विकासलाई बजेट विनियोजन गर्न सांसदहरूको माग
काठमाडौं। प्रतिनिधिसभा बैठकमा सांसदहरूले वित्तीय सङ्घीयताको कार्यान्वयनमार्फत स्थानीय तहको सबलीकरण गर्न र ग्रामीण क्षेत्रका किसानलाई बाँदर आतंकसँग जुध्ने प्रविधिको विकासमा बजेट विनियोजन गर्न माग गरेका छन्। आजको बैठकको विशेष समयमा सांसदहरूले टयाक्सीको ‘नम्बर प्लेट’ वितरणमा भइरहेको अनियमितता रोक्न, भूपू सैनिकको समस्या समाधानमा कूटनीतिक प्रयास गर्न सरकारको ध्यानाकर्षण गराए। श्रम संस्कृति पार्ट...

प्रदेश स्याउ विकास बोर्ड स्थापना गर्न राय माग

प्रदेश स्याउ विकास बोर्ड स्थापना गर्न राय माग
सुर्खेत। कर्णाली प्रदेश सरकारले प्रदेश स्याउ विकास बोर्ड स्थापना गर्न छलफल सुरु गरेको छ। साविक कर्णालीका प्रदेशसभा सदस्यहरूसँग छलफल सुरु भएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री तथा सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए। उनले भने, “कर्णाली प्रदेश स्याउ विकास बोर्ड स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार तथा सुझाव संकलन गर्ने काम भएको छ। यसलाई किसानमैत्री, जनजी...

ट्राफिक कारबाहीमा चार लाख राजस्व सङ्कलन

ट्राफिक कारबाहीमा चार लाख राजस्व सङ्कलन
काठमाडौं। बितेका २४ घण्टामा दुई हजार २९ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा चार लाख १७ हजार राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ५९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ११९, सङ्केत बत्ती उल्लङ्घनकर्ता १३२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २०८ जनालाई कारबाही गरिएको हो। यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने...