सरकारको नगद मौज्दात ६५ अर्ब ८१ करोड

सरकारको नगद मौज्दात ६५ अर्ब ८१ करोड
काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सरकारको आर्थिक वर्ष २०८१/८२ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण बुझाएको छ । उक्त विवरणमा आन्तरिक लेखा परीक्षणको वार्षिक प्रतिवेदन र सम्पत्तिको एकीकृत वार्षिक विवरण समावेश छ । महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वर खनाललाई समग्र प्रतिवेदन बुझाएको उल्लेख गरे । प्रतिवेदनअनुसार आव २०८१/८२ मा सरकारको सञ्चित कोष रु. एक खर्ब ९६ अर्ब ३४ करो...

वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात हुँदा कति भयाे निर्यात ?

वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात हुँदा कति भयाे निर्यात ?
पर्सा / वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा रु २ खर्ब १८ अर्ब १० करोड मूल्यबराबरका वस्तु तथा सामान आयात भएका छन् । गत आर्थिक वर्षको पछिल्लो तीन महिनाको तुलनामा चालु आ.व.को असोजसम्म रु ३४ अर्ब २३ करोड बढी मूल्यका सामान वीरगञ्ज भन्सारबाट भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आ. व. को तीन महिनामा वीरगञ्ज नाका...

अलैँचीको मूल्य निरन्तर उकालो : प्रतिमन एक लाख पुग्यो

अलैँचीको मूल्य निरन्तर उकालो : प्रतिमन एक लाख पुग्यो
झापा– अलैँचीको भाउ यस वर्षको सबैभन्दा उच्च बिन्दुमा पुगेर ओरालो लागेको छ । आज प्रतिमन (४० केजी) अलैँची अधिकतम एक लाख रुपैयाँमा किसानबाट खरिद भइरहेको नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष दीपक नेपालले जानकारी दिए । व्यवसायीले किसानबाट ‘चालू’ र ‘जेजे’ गरी दुई गुणस्तरको अलैँची खरिद गर्दै आएका छन् । जेजे अलैँचीको मूल्य आज एक लाख रुपैयाँ प्रतिमन कायम भएको हो भने चालू अलैँची ९७ हजार रुपैयाँ प्रतिमन...

दुर्घटनामा तीनको मृत्यु, चार गम्भीर घाइते

दुर्घटनामा तीनको मृत्यु, चार गम्भीर घाइते
भैरहवा, कात्तिक १२ गते । रुपन्देहीको कन्चन गाउँपालिका–५, फायरलाइनस्थित भित्री सडक खण्डमा गए राति भएको कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चारजना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार बागमती प्रदेश ०१–००६ ख. ७७८२ नम्बरको इभी गाडी रुद्रपुरतर्फ आउँदै गर्दा राति करिब १०ः३० बजे अनियन्त्रित भई सडक छेउँमा रहेको बाँझीको रुखमा ठोक्किएको थियो । दुर्घटनामा सवार सात जनामध्ये तीन जनाको मृत्यु भएको र ...

तीन महिनामा पैँतिस अर्ब वैदेशिक लगानी प्रतिबद्धता

तीन महिनामा पैँतिस अर्ब वैदेशिक लगानी प्रतिबद्धता
काठमाडौँ, कात्तिक ११ गते । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा ३५ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चालु आवको साउनदेखि असोजसम्म ३११ परियोजनामार्फत ३५ अर्ब १३ करोड ७७ लाख ६० हजार रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । असोजमा मात्र ५४ वटा परियोजनामार्फत चार अर्ब ९४ करोड ७३ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । तीन...

दूधकोशी जलाशय आयोजना अघि बढ्ने, ६७० मेगावाटको जलविद्युत परियोजना पुनः गतिमा

दूधकोशी जलाशय आयोजना अघि बढ्ने, ६७० मेगावाटको जलविद्युत परियोजना पुनः गतिमा
काठमाडौं — लामो समयदेखि रोकिएको ६७० मेगावाट क्षमताको दूधकोशी जलाशय–आधारित जलविद्युत आयोजना अब पुनः गतिमा आउने भएको छ। नेपाल विद्युत प्राधिकरणले आयोजनाको निर्माणका लागि विद्युत विकास बोर्डमा आधिकारिक रूपमा निवेदन दर्ता गरी प्रक्रिया अघि बढाएको हो। हालै प्राधिकरणले आयोजना अघि बढाउने निर्णय गर्दै औपचारिक प्रस्ताव लगानी बोर्डको कार्यालयमा पठाएको छ। नियमानुसार २०० मेगावाटभन्दा माथिका आयोजना निर्मा...

इलामका अन्तु र कन्याममा पर्यटकको भीड बढ्दो

इलामका अन्तु र कन्याममा पर्यटकको भीड बढ्दो
पर्यटकीय सिजन सुरु भएपछि इलामका प्रमुख गन्तव्य अन्तु र कन्याममा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल तीव्र भएको छ। गत असोज १८ गतेको बाढीपहिरोपछि केही समय सुनसान भएका यी क्षेत्रहरू अहिले फेरि पर्यटकले भरिन थालेका हुन्। बाढीपहिरोले क्षति पु–याएका सडक र संरचना मर्मत तथा पुनर्निर्माण भएपछि पर्यटक आगमन बढेको अन्तु पर्यटन व्यवसायी संघका अध्यक्ष रुद्र घिमिरेले जानकारी दिए। उनका अनुसार, जेनजी आन्दोलन र बा...

छठ पर्वको दोस्रो दिन खरना विधि सम्पन्न

छठ पर्वको दोस्रो दिन खरना विधि सम्पन्न
महोत्तरी, कार्तिक ९ गते । सूर्य उपासना र आस्थाको चार दिवसीय पर्व छठको दोस्रो दिन आइतबार साँझ महोत्तरी सहित देशभर घर–आँगनमा भक्तिभावका साथ खरना विधि सम्पन्न गरिएको छ। छठको दोस्रो दिन ‘खरना’ पञ्चमी तिथिमा पर्दछ, जसको अर्थ पापको क्षय र आत्मशुद्धिकरण हो। खरनाको दिन व्रतालुहरूले आज दिनभरि निर्जला व्रत बसेर, साँझ नुहाएर शुद्ध भई कुलदेवताका अगाडि नयाँ माटोको चुलोमा बनाइएको चोखो प्रसाद चढाएर खरना ...

सर्पको टोकाइबाट झापामा बालकको मृत्यु

सर्पको टोकाइबाट झापामा बालकको मृत्यु
दमक - सर्पको डसाइबाट झापाको शिवसताक्षीमा एक बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–७ लालपानी बस्ने मनकुमार तामाङका पाँच वर्षीय छोरा सक्षम तामाङ रहेका छन् । घर नजिकैको बाँसको झ्याङ नजिक खेलिरहेको अवस्थामा उनको बायाँ खुट्टामा विषालु गोमन सर्पले टोकेको थियो । खुट्टामा चोट लागेर बेहोस भएपछि बालकलाई उपचारका लागि विर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको थियो । बालक खेलेको ठाउँ नजिकै ग...

रंगेलीमा आज चार घण्टा विद्युत अवरुद्ध रहने

रंगेलीमा आज चार घण्टा विद्युत अवरुद्ध रहने
रंगेली, कार्तिक ७ । विराटनगर रानी–रंगेली ३३ के.भी. फिडर अन्तर्गत पर्ने आमतोला क्षेत्रमा मर्मत तथा पोल परिवर्तन कार्यका कारण शनिबार रंगेली विद्युत केन्द्रको सबै स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरण रंगेली वितरण केन्द्रका अनुसार शनिबार बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म चार घण्टाका लागि सम्पूर्ण विद्युत आपूर्ति रोकिनेछ। प्राधिकरणले उक्त समयावधिमा ३३ के.भी. लाईनमा...