काठमाडौं – साङ्गीतिक क्षेत्रका होनहार कलाकारहरूको संयुक्त प्रयासमा नयाँ गीत सार्वजनिक भएको छ। गायक गणेश थापाको सुमधुर स्वरमा सजिएको यो गीतमा शब्दहरू अभिषेक सिटौलाले लेखेका हुन् भने संगीत बिपिन घिमिरेको रहेको छ।

गीतको सङ्गीत संयोजन पुरूषोत्तम सुवेदीले गरेका छन्। कोरसमा अनुभवी र नयाँ पुस्ताका गायकहरू अनूमा चौधरी, शिला प्रधान, कुमार केसी र बिपिन घिमिरेको आवाज सुन्न सकिन्छ। नेपाली मौलिक बाजाहरूको मिठास घुलाउने प्रयास स्वरूप मादल र खैंजडी पोषण घर्ती मगरले बजाएका छन् भने बाँसुरी र सारंगी क्रमशः रत्न बी.के. र मनिष गन्धर्वले बजाएका छन्।

गिटारमा बिकाश सुनारको कलात्मकता झल्किन्छ। सम्पूर्ण अडियो रेकर्ड, मिक्सिङ तथा माष्टरिङ कुमार केसीको कुशल हातबाट गरिएको हो। यो सम्पूर्ण कार्य ‘फिल स्टुडियो’मा सम्पन्न गरिएको छ।

भिडियोको पक्षमा निर्देशक जीवन शाहीले निर्देशन गरेका छन् भने छायांकन तथा सम्पादन सुशील डाँगीले गरेका छन्। गीतको निर्माणमा सबला थापाको प्रमुख योगदान रहेको छ जसले निर्माताको भूमिका निर्वाह गरेकी छिन्।

साङ्गीतिक तथा दृश्य–श्रव्य पक्षमा सशक्त निर्माण गरिएको यो गीत दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा गरिएको छ

तपाईको प्रतिक्रिया