मोरङ । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियाचोकस्थित नगर प्रहरी बिटभित्र एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

भेरुवा थान घर भएका करिब ४३ वर्षीय गोहिया रिसिदेव सोमबार बिहान बिटभित्र मृत अवस्थामा भेटिएका हुन्। उनी मागेर गुजारा गर्दै हिँड्ने गरेको प्रारम्भिक विवरणमा उल्लेख छ।

घटनाबारे बिहान ६ः१० बजे इलाका प्रहरी कार्यालय रंगेलीमा खबर पुगेपछि प्रहरी चौकी डाइनियाबाट टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो। थप अनुसन्धान र कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अशोककुमार झाको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया