मानव पुर्खा लुसीको प्रागमा पहिलोपटक युरोपेली प्रदर्शन
एजेन्सी– मानव पुर्खा लुसीका ३१ लाख ८० हजार वर्ष पुराना हड्डीका टुक्राहरू सोमबारदेखि प्रागको चेक राष्ट्रिय सङ्ग्रहालयमा पहिलोपटक युरोपमा प्रदर्शनीमा राखिने भएका छन्।
यी हड्डीका टुक्राहरू विरलै इथियोपियाबाहिर लैजाने गरिन्छन्।
अस्ट्रेलोपिथेकस अफारेन्सिस प्रजातिका यी प्राचीन अवशेषहरू सन् १९७४ मा इथियोपियामा फेला परेका थिए। त्यो खोज त्यतिबेला अहिलेसम्मकै सबैभन्दा पूर्ण जीवाश्म थियो र यसले मान...









