काठमाडौं महानगर र बिकास बोर्डको आयोजनामा ३० दिने फोटोग्राफी तालिम सम्पन्न
काठमाडौं, १७ साउन ।काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा सञ्चालन गरिएको ३० दिने “फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम” आज आइतबार सम्पन्न भएको छ ।
३५ जना प्रशिक्षार्थी सहभागी रहेको उक्त तालिमको समापन कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीको अध्यक्षता रहेको थियो ।
स्वागत मन्तव्य व्यक्त गर्दै अध्यक्ष डीसीले नेपाली चलचित्र क्षेत्रसँग सम्ब...









