दोस्रो आर्थिक गणना आउँदो चैतदेखि असारसम्म हुने
काठमाण्डाै – राष्ट्रिय तथ्याङ्क कार्यालयले आउँदो चैत १ गतेदेखि दोस्रो आर्थिक गणना शुरू गर्ने भएको छ । कार्यालयले आज गणनाको तालिका, लोगो र नारा सार्वजनिक गरेको हो । ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने नारासहित हुने आर्थिक गणना असार मसान्तसम्म चल्नेछ ।
२०७५ सालको वैशाखमा पहिलो पटक आर्थिक गणना भएको थियो । दोस्रो आर्थिक गणनामा आर्थिक विवरणदेखि उद्योगहरूबाट भएको उत्पादनसम्मको विवरण समावेश गरि...









