केराबारीमा एम्बुलेन्समा लुकाएर गाँजा तस्करी,२ जना पक्राउ

केराबारीमा एम्बुलेन्समा लुकाएर गाँजा तस्करी,२ जना पक्राउ
बेलबारी । मोरङको केराबारी गाउँपालिका ५ लाफा टोलमा एम्बुलेन्स प्रयोग गरी लागूऔषध गाँजा ओसारपसार गर्ने २ जना पक्राउ परेका छन । आईतबार राति करिब ११ बजे एम्बुलेन्समा लुकाइछिपाई गाँजा ल्याइँदै छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीका ईन्स्पेक्टर राजीव गिरीको टोली र इलाका प्रहरी कार्यालय केराबारीसहितको संयुक्त टोलीले चेकजाँच गरेको थियो । प्रहरी टोलीले प्र-१-०६-००१ झ ०००४ नम्बरको एम्बुलेन्...

कलको डन्डी प्रहार गरी सासूको हत्या, ज्वाइँ फरार

कलको डन्डी प्रहार गरी सासूको हत्या, ज्वाइँ फरार
इटहरी : इटहरी उपमहानगरपालिका–९ स्थित बीपी चोकमा ५६ वर्षीया महिलाको हत्या भएको छ। भोजपुरको दिङ्ला–१ घर भई इटहरीमा बस्दै आएकी पविमाया बयलकोटीलाई ज्वाइँ ४० वर्षीय गणेश शाह गुप्ताले कलको डन्डी प्रहार गरी हत्या गरेको जनाइएको छ। पारिवारिक स्रोतका अनुसार आइतवार साँझ विवादका क्रममा गुप्ताले टाउकोमा कलको डन्डी प्रहार गर्दा बयलकोटीको मृत्यु भएको हो । घटनापछि गुप्ता फरार रहेको र उनको खोजी कार्य तीव्र पारि...

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बालेनसँगको सात बुँदे सहमति अनुमोदन गर्ने

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बालेनसँगको सात बुँदे सहमति अनुमोदन गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगपालिकाका प्रमुख बालेन्द्र शाहबीचको सहमतिलाई रास्वपाको केन्द्रीय समितिबाट अनुमोदन भएको छ । रास्वपा सभापति रवि लामिछानेको सभापतित्वममा आइतबार राति बसेको रास्वपा केन्द्रीय समितिको विशेष बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगपालिकाका प्रमुख शाहबीचको वृहत् एकतासम्बन्धी सहमतिलाई अनुमोदन गर्ने निर्णय गरेको रास्वपाका ...

डुबेर तीन वर्षीय बालकको निधन

डुबेर तीन वर्षीय बालकको निधन
भद्रपुर (झापा),पुस १४ – झापा गाउँपालिका–२ सडकबारीमा खेल्ने क्रममा पानी जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालक दिवाङस कँडेलको मृत्यु भएको छ । आइतबार आफ्नै घर अगाडि रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा बालक डुबेर गम्भीर घाइते भएका थिए । घाइते बालकलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकोमा उपचारकै क्रममा आइतबार नै चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उप...

राष्ट्रियसभा सदस्यका उम्मेदवारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

राष्ट्रियसभा सदस्यका उम्मेदवारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?
काठमाडौं- निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ। आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु तीन लाख ५० हजार बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ। आयोगले मतदाता नामावली खरिदका लागि रु एक हजार, सवारी साधनमा रु ७० हजार, सवारी इन्धन रु १० हजार, प्रचारप्रसार सामग्रीमा रु १४ हजार ५०० खर्च गर्न पाउने गरी खर्चको सीमा निर्धारण गरेको छ। यसैगरी...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना
काठमाण्डौं / नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गरेको छ। विभागले तीन वटा उद्योग तथा फर्मलाई रु एक लाख १० हजार जरिवाना गरेको छ। विभागले सम्झना अचार उद्योगलाई रु १० हजार, आरोहण फेशन क्राफ्ट प्रालि र साधना सप्लायर्सलाई समान रु ५० हजार जरिवाना गरेको छ। विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १...

प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम

प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम
भोजपुर/ पूर्वी पहाडी जिल्ला भोजपुरमा आगामी फागुन २१ गतेको निर्वाचनका लागि कूल एक लाख २५ हजार सात सय ६६ जना मतदाता कायम भएका छन्। अघिल्लो निर्वाचनको तुलनामा अहिले जिल्लामा मतदाताको सङ्ख्यामा वृद्धि भएको छ। अघिल्लो निर्वाचनसम्म यहाँको कूल मतदाता सङ्ख्या एक लाख २३ हजार तीन सय ७९ जना मात्र थियो। अहिले भने दुई हजार तीन सय ८७ जना मतदाता थप भएका हुन। जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदील...

प्रभु बैंकका सिइओ अशोक शेरचन हाजिर जमानीमा रिहा

प्रभु बैंकका सिइओ अशोक शेरचन हाजिर जमानीमा रिहा
काठमाडौं- प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन जमानीमा रिहा भएका छन्। अनुसन्धानका लागि म्याद थपका लागि लगिएका उनलाई सरकारी वकिलको कार्यालयले हाजिर जमानीमा छोड्ने आदेश दिएको हो। स्वास्थ्यमा समस्या देखिएपछि चिरायु अस्पतालमा उपचारका लागि भर्ना भएका उनलाई शुक्रवार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धानका लागि म्याद थप्न सरकारी वकिलकोमा लगेको थियो। अनुसन्धानका लागि थु...

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर वा गिजरलगायत उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जाडोयाममा आगो ताप्दा, हिटर चलाउँदा वा गिजर प्रयोग गर्दा सावधानी नअपनाउँदा गम्भीर घटना हुनसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको बताए । उनले जाडोमा शरीर वा कोठालाई न्यानो बनाउन आगो बाल्दा वा तातो बनाउने उपकरण प्रयोग गर...

चितवनमा हात्तीलाई वनभाेज खुवाइयाे

चितवनमा हात्तीलाई वनभाेज खुवाइयाे
चितवन – चितवनको पर्यटकीय नगरी सौरहामा १९औं चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ को आज अन्तिम दिन हात्ती पूजा गरी हात्तीलाई मन पर्ने परिकारसहित वनभोज खुवाइएको छ । महोत्सवका संयोजक गुणराज थपलियाका अनुसार अन्तिम दिन विशेष रूपमा हात्तीलाई भगवानका रूपमा पूजा गरिएको हो । धार्मिक गुरुहरूको उपस्थितिमा फूल माला अर्पण गरी हात्तीलाई वनभोजका लागि निमन्त्रणा गरिएको थियो । पूजापछि हात्तीलाई विभिन्न परिकार...