भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता
काठमाडौं, २९ भदौ । भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म एक हजार ३९२ जनाको शव फेला परेको छ भने चार हजार ८९ जना अझै सम्पर्कविहीन रहेका छन्। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार उद्धार तथा खोजी कार्य जारी छ।
फेला परेका शवमध्ये ५४२ पुरुष, ३३६ महिला र ५१४ वटा आंशिक अङ्ग मात्र रहेका छन्। जसमध्ये हालसम्म १०३ वटा शवको सनाखत गरी आफन्तलाई हस्तान्तरण गरिसकिएको प्रहरीले जनाएको छ...









