कोशी प्रदेशमा पर्यटन वर्ष : छ महिनामा १५ लाख पर्यटक भित्र्याउने लक्ष्यतर्फ प्रदेश सरकार Dish home
विराटनगर : प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष–२०८२ मनाइरहेको छ । भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु भएको पर्यटन वर्षको छ महिना पूरा भएको छ । भारतको बिहारका कमलेश शर्मा चार जनाको परिवारसहित एक सातादेखि नेपाल भ्रमणमा छन् ।
इलामको कन्याममा भेटिएका शर्माले यसअघि साथीहरूसँग नेपाल आएको अनुभव सुनाउँदै यसपटक परिवारसहितको भ्रमण सहज र र...









